कर्मचारी आन्दोलन : सेवाप्रवाह प्रभावित

प्रशान्त निरौला लेटाङ ५ मंसिर । मोरङको लेटाङ नगरपालिकामा सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशमा सबै सेवा विच समान व्यवहार नभएको भन्दै कर्मचारीहरुले विरोध तथा धर्ना जारी राखेपछि सेवा प्रवाह प्रभावित वनेको छ । केही दिनयता कर्मचारीको विरोध तथा धर्नाका कारण नगरपालिका बाट हुनुपर्ने काम सहज रुपमा नभए पछि नगरपालिका तथा वडा कार्यलयवाट दिईने सेवामा […]

अधिकांश स्थानीय तहको समायोजन सकियो

काठमाडौँ, ५ पुस । कर्मचारी समायोजन अध्यादेश–२०७५ जारी भएपछि पहिलो चरणमा अधिकांश स्थानीय तहमा कर्मचारीको समायोजन सकिएको छ । स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको अधिकांश समायोजन सकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी गराउनुभयो । उहाँले तत्कालीन स्थानीय निकायमा स्थायी भएका कर्मचारीको अध्यादेशअनुसार सोही स्थानीय तहमा नै समायोजन भएको बताउनुभयो । […]

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

  मेलम्ची, ५ पुस । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ […]

विराटनगरमै अन्तराष्ट्रिय स्तरका वर्डप्रेस सम्मेलन हुदै, निस्शुल्क वेवसाईड बनाईदिने

विराटनगर, ४ पुस । विराटनगरमा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको वर्डप्रेस सम्मेलन हुने भएको छ । आगामी पुस ७ गते हुने सम्मेलनमा स्वदेश र विदेशका गरि करिव ४ सय जना सहभागी हुने आयोजकले जनाएको छ । आयोजक समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलनमा विराटनगरको होटल एसियाटिकमा वर्डक्याम्प हुने जनाएको हो। वर्ड क्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्र्तराष्ट्रिय […]

देशभरका स्थानीय तहको कामकाज प्रभावित

लेटाङ ४ मंसिर । स्थानीय तहको कर्मचारीको आन्दोलनका कारण आज बुधवार लेटाङ लगायत देशभरका स्थानीय तहको कामकाज प्रभावित भएको छ । स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको आव्हानमा पौष १ गतेदेखी सञ्चालित आन्दोलनको कार्यक्रम अन्तरगत बुधवार बिहान १० बजेदेखी २ बजे सम्म कार्यालय परिसरमा कर्मचारीहरुले हातमा कालोपट्टी बाधि कामकाज ठप्प पारेका हुन । […]

मोबाइल एप्स सेवा सञ्चालन

  लेटाङ, ४ पुस । घरमै बसेर पनि नगरपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी उत्तरी मोरङको लेटाङ नगरपालिकाले मोबाइल एप्स सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर लेटाङ म्युनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने लेटाङ नगरापलिकाका सूचना प्रविधि अधिकृत ओमप्रकास पौडेले जानकारी दिनुभयो । सो मोबाइल एप्लीकेशनको एक कार्यक्रमका बीच […]

स्वास्थ्य विमा लागू

  लेटाङ । सुखी नेपाल समृद्र नेपाल अन्तरगत नेपालका ४६ औं स्थानमा लागू भएको स्वास्थ बिमा कार्यक्रम मोरङमा पनि लागू हुने भएको छ । बिमा कार्यक्रम अन्तरगत स्वास्थ बिमा बोर्डले मोरङको लेटाङ नगरपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रममा यस्तो वतार्ईको हो । ‘तपाईको स्वास्थ हाम्रो अठोट’ भन्ने मूल नाराका साथ लागू भएको बिमा कार्यक्रम यहि आर्थिक […]

विदेशका लागि श्रम स्वीकृति अब विराटनगरबाटै पाइने, पुस ८ गते सेवा सञ्चालनमा आउदै

विराटनगर ३ पुष । रोजगारीका लागि विदेश जाने प्रकृया अनतर्गत श्रम स्कीकृतिका लागि काठमाण्डौ नै जानुपर्ने झन्झट अब हट्ने भएको छ । वैदेशिक रोजगारमा जानेहरूकालागि आउँदो पुष ८ गतेदेखि विराटनगरबाटै श्रम स्वीकृति दिइने तयारी भएको छ। यो सेवा सूरु भयो भने लामोदुरी पार गर्दै र ठुलो व्ययभार वेहोर्दै काठमाण्डौ नै जानुपर्ने वाध्यता हट्ने छ । […]

पथरीमा सुनचाँदी पसलबाट चोरी

विराटनगर, ३ पुस । मोरङमा सुनचाँदी पसलबाट करिब तीन लाख बराबरको सामान चोरी भएको छ। मोरङ पथरी शनिश्चरे नगरपालिका १ शिखर चोकस्थित सोही ठाउँ बस्ने गणेश विष्टको सगमाथा सुनचाँदी पसलबाट आइतबार राति तीन तोला सुन र दुई किलो चाँदी चोरी भएको हो। करिब तीन लाख मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको […]

जाँते खानेपानीको साधारण सभा सम्पन्न

लेटाङ २८ मंसिर । जाँते खानेपानी तथा सरसफाई उपभोक्ता समुहको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधवार लेटाङ नगरप्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन माथि छलफल तथा निर्णय भएको थियो । सभालाई सम्वोधन गर्ने क्रममा लेटाङ नगरप्रमुख शंकर राईले स्वस्च्छ खानेपानी खुवाउनका […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ