लेटाङको छैटौँ नगर सभा सम्पन्न

Letang Khabar शुक्रबार, फाल्गुण ३०, २०७६

लेटाङ ३० फागुन । मोरङको लेटाङ नगरपालिकाको छैटौँ नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगर सभाले पुरक बजेट तथा कार्यक्रम मार्फत ३ ककरोड ४५ लाख ७० हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

हाल सम्मको चालु खर्च ३१ प्रतिशत मात्रै भएको छ । चालु अवस्थामा रहेको ५० करोड ८६ लाख ५७ हजार बजेट मध्ये हाल सम्म ३१ प्रतिशत मात्रै खर्च भएको प्रगति विवरण उप प्रमुख कृष्ण कुमारी पोख्रेलले प्रस्तुत गर्नुभयो । चालु अवस्थामा पूर्वाधार विकास तर्फ २० करोड ५२ लाख २७ हजार रहेकामा माघ मसान्त सम्ममा २२.८ प्रतिशत अर्थात ४ करोड ६८ लाख ११ हजार रुपैँया मात्रै खर्च भएको छ । सामाजिक विकास तर्फ १७ करोड १५ लाख १७ हाजर मध्ये ४१.४५ प्रतिशत अर्थात ७ करोड ११ लाख २ हजार मात्रै खर्च भएको छ । आर्थिक विकास तर्फ २ करोड ३१ लाख ३९ हजार मध्ये १५.०८ प्रतिशत अर्थात ३४ लाख ९० हजार खर्च भएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ३१ लाख ३९ हजार विनियोजन भएकामा १३।९७ प्रतिशत अर्थात ३१ लाख ५७ हजार मात्रै खर्च भएको छ । यस्तै कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ८ करोड ६१ लाख ६४ हजार विनियोजन भएकामा ४० प्रतिशत अर्थात ३ करोड ४५ लाख २४ हजार मात्रै खर्च भएको हो ।

शुक्रबारको नगरसभाले पुरक बजेट मार्फत पूर्वाधार विकासका लागि २ करोड १६ लाख ३० हजार, सामाजिक विकास तर्फ ५९ लाख ४० हजार, आर्थिक विकास तर्फ ९ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र विकास तर्फ ४७ लाख र कार्यालय संचालनका लागि १४ लाख रुपैया विनियोजन गरेको पोख्रेलले प्रस्तुत गर्नुभयो । केही योजनाहरु सम्पन्न भएका र भुक्तानी हुन बाँकी रहेको पोख्रेलको भनाई छ ।

कार्यक्रममा नगर प्रमुख शंकर राईले चलिरहेका योजनाहरु, आगामी दिनमा संचालन गर्नका लागि बनाइएका रणनीति तथा कार्यक्रमहरुका बारेमा प्रकाश पार्नुभयो । लेटाङमा ‘‘मेरो सुविधा कटाइदेउ, फुसको छानो हटाइदेउ’’ कार्यक्रम निकै चर्चित बनेको छ । यसको संगसंगै नगरले दमकल, सव वाहन लगाएतको व्यवस्थापनमा पनि अगाढी बढेको राईले बताउनुभयो ।

यसअघि संविधान सभा सदस्य डिग बहादुर लिम्बूले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लिम्बूले कर्मचारीसंग समन्वय गरेर नगरको तिब्र बिकासमा जनप्रतिनिधिहरु लाग्नुपर्ने बताउनुभयो । स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुसंगको टकरावले कुनैपनि हालतमा विकासले तिब्रता नपाउने लिम्बूको भनाइ थियो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश १ का सांसद उपेन्द्र घिमिरेले जनप्रतिनिधिहरुले आफ्नो मर्यादा कायम राख्नुपर्नेमा जोड दिनुभयो । नगरको विकासका लागि कुनै पाटि भन्दा पनि निस्वार्थ भावनाले सबैले लाग्नुपर्ने घिमिरेले बताउनुभयो । लेटाङको विकासका लागि सबैले एकजुट भएर अगाडी बढ्न पनि घिमिरेले अनुरोध गर्नुभयो । नगर सभामा नगरका सबै पाटिका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधि सहित सहभागी गराएको भन्दै सबै बक्ताहरुले नगरको प्रशंसा गरे । नेकपा, नेपाली कांग्रेस, समाजवादी पाटि लगाएत सबै प्रतिनिधिहरुले सभामा आफ्नो राय राखेका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ