खरबनी घुमाउने झोलुङे पूलको उद्घाटन

Letang Khabar शुक्रबार, पौष ११, २०७६

लेटाङ ११ पूस । खरबनी झोलुंगे पूल निर्माणको काम सम्पन्न भए संगै लेटाङ नगरपालिकाका मेयर शंकर राईले उद्घाटन गर्नुभएको छ ।
विहिवार लेटाङ नगरपालिका वडा नं। १ र ७ को विचमा पर्ने चिसाङ खोलामा बनेको पूलको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका प्रमुख राईले पूलको उद्घाटन गर्नुभएको हो ।

दुई गाँउलाई पूलको माध्यमवाट जोड्न सकेकोमा मेयर राईले खुसि ब्यक्त गर्नुभयो । उहाँले पूल निर्माण भएपछि सामान्य हिडडुलका साथै मोटरसाईल सम्मको यात्रा पुलवाट गर्न सकिने भएपछि ईमेरजेन्सीमा समेत यस पलूले ठुलो फाईदा हुने वताउनुभयो । खरवनी देखि मलिबासे जोड्ने उत्त पूल २ गाँउहरुलाई सहज जोड्न कोशो ढुंगा भएको वताउनुभयो । उहाँले सो ठाँउमा गाडी कुद्न सक्ने खालको कंक्रिट पूलको समेत आवश्यकता भएकाले आफुले त्यसमा समेत पहल गर्ने वताउनुभयो ।

कार्यक्रममा समाजसेवी ईश्वरी कोईरालाको विशिष्ठ आतिथ्यता रहेको थियो । उहाँले कार्यक्रमलाई सम्वोधन गर्दै खरबनी वासीलाई यो पूलले आवतजावतमा सहज हुने वताउनुभयो । चिसाङ खोलाले बगाएर जनधनको क्षति हुने क्रमको अन्त्य भएकोमा खुसि ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं। १ का अध्यक्ष विष्णुकुमार मगर, वडा नं। ७ का अध्यक्ष नगेन्द्र लिम्बु लगायतको आतिथ्यता रहको थियो ।

११७ मिटर लामो उक्त पूलको जम्मा ४३ लाखको लागतमा निर्माण सम्पन्न भएको पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर लिम्बुले जानकारी दिनुभयो । नेपाल सरकारको लगानीमा वनेको उक्त पूल वनाउन २०७४ सालमा लेटाङ नगरपालिका संग सम्झौता गरि काम सूरु भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ