लेटाङको गुवाबारीमा आगलागि ,२५ लाखको क्षति

Letang Khabar बुधबार, माघ २९, २०७६

प्रशान्त निरौला

लेटाङ , २९ माघ । लेटाङमा आगलागी भएको छ । घरको टिभिकोठा बाट विद्युत सर्ट भई आगलागि हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको २ तले काठको घर जलेर पूर्रण रूपमा नस्ट भएको हो । आज विहान ११ बजे समयमा टिभि कोठामा विजुली सर्ट हुँदा आगलागि भएको स्थानियले बताएका छन ।

आगोलाई सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका वाट आएको २ वटा दमकल, नेपाल प्रहरी , नेपाली सेना तथा स्थानियको सहयोगमा करिव एक घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।
आगलागिवाट करिव २५ लाख बरावरको क्षति भएको लेटाङ नगरपालिका वडा नं ६ का अध्यक्ष जंगविर तामाङले जानकारी दिनुभयो ।

घर पूर्ण रुपमा जलेपछि हाल पिडित परिवारलाई छिमेकीको घरमा राखिने लेटाङ नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा खाद्यान्न र लत्ताकपडा नगरपालिकाले उपलव्ध गराईने र क्रमिक रुपमा पहिलेकै अवस्थामा पूर्याउन सहयोग गर्ने प्रमुख राईले जानकारी दिनुभयो ।

पिडित परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उहाँहरुलाई सहयोग गर्न स्थानिय आनन्द पौडेलले अपिल समेत गर्नुभएको छ । थोरै थोरै सहयोग वाट पिडितलाई सामान्य अवस्थामा फर्काउन सकिने भएकाले सवै संग यस्तो आह्वान गर्नुभएको हो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ