

लेटाङ, २८ चैत । पुनरावेदन अदालत विराटनगरले न्यायिक सेवा प्रवाहमा न्यायपालिका हाम्रा बुझाई र अपेक्षाहरुको शिर्षकमा अन्तरसंवाद गरेकोे छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई लेटाङ नगरपालिकाले ब्यवस्थापन गरेको हो । अदालत प्रति जनताको बुझाई कस्तो छ भन्ने विषयमा धारणा बुझि गलत बुझाईलाई न्युनिकरण गर्दै न्यायप्रणालीमा जनताको पहुँच बृद्धि […]
लेटाङ, २८ चैत । आज वाट लेटाङमा राष्ट्रपति रनिङशिल प्रतियोगिता आज वाट सुरु भएको छ । लेटाङ नगरपालिका ४ स्थित आर्मी क्याम्प छेउमा रहेको खेलमैदानमा सुरु भएको प्रतियोगितामा लेटाङ नगरपालिका भरीका माविहरुको सहभागिता छ । दौड , भलिवल लगायतका खेलकुद प्रतियोगिताकोे आज एक कार्यक्रम गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभयो । कार्यक्रम भोली […]
लेटाङ , २८ चैत । लेटाङ नगरपालिका वडा नं ९ को कार्यलय भवन आज सिलन्यास गरिएको छ । जम्मा ५ कटठा क्षेत्रफलमा ८२ लाखको लागतमा बाराजी कंस्ट्रक्सनले निर्माणको जिम्मा पाएको सो भवनको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सिलन्यास गर्नुभयो । उक्त भवन २०७८ असार मसान्त सम्ममा निर्माण गरिसक्ने सम्झौता भएको प्रमुख प्रसासकिय अधिकृत अच्युत […]
लेटाङ, २० फागुन । आफुले उत्पादन गरेको टमाटरले वजार नपाउदा किसानहरुले उत्पादन गरेको टमाटर निशुल्क रुपमा वितरण गरेर सरकारको विरोध गरेका छन् । बजार ब्यवस्थापनमा सरकारले चासो नदिदा किसानले उत्पादन गरेको टमाटार बारीमै कुहिने अवस्था आएपछि लेटाङ नगरपालिका वडा नं. ८ स्थित जाँते बजारमा किसानहरुले गाउलेलाई वोलाएर आफुले उत्पादन गरेको टमाटर सित्तैमा वितरण गरेका हुन् […]
त्रिशूली,१८ फागुन। नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १।२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८।७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आउनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक […]
पोखरा, १८ फागुन । धादिङमा एक जिउँदै महिलालाई खाल्डो खनेर पुर्ने प्रयास भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। १ सल्यानटारको बगैंचा घुम्तीमा उक्त घटना भएको हो । स्रोतका अनुसार सडक फराकिलो बनाएर कालोपत्रे गर्ने क्रममा डोजरले ठक्कर दिंदा ४५ वर्षीया सरस्वती कुमाल घाइते भएकी थिइन् । कुमाल घाँस काटेर घर फर्किंदै गर्दा डोजरले ठक्कर […]
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ लिएर आइतबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनु’ भनेपछि प्रचण्ड बिहान ११ बजे नै सर्बोच्च पुगेका हुन् । १० बुँदे लिखित जवाफ बोकेर अदालत पुगेका प्रचण्डले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट […]
काठमाडौं, १४ फागुन । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै संसद पुर्नस्थापना भएपछि नेकपाको दुवै समूह सक्रिय भएको छ । सर्वोच्च अदालतले मंगलबारे प्रतिनिधिसभा विघटनको निर्णय उल्टाएपछि केही दिनदेखि निष्कृय रहेका नेकपाका दुवै समूह छलफलमा जुटेका हुन् । अदालतको फैसलापछि आन्दोलन गरिरहेको नेकपाको दाहाल–नेपाल समूहले विजयोत्सवका रुपमा लिँदै खुसीयाली मनाएको छ । यस्तै […]
लेटाङ, १२ फागुन । विध्यार्थीहरुलाई निशुल्क आखाँ तथा कान परिक्षण सुरु गरिएको छ । लेटाङ नगरपालिका र विराटनगर आखाँ अस्पतालको संयुक्त आयोजनामा लेटाङ नगरपालिका क्षेत्र भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको आखाँ तथा कान परिक्षण गरिएको हो । आखाँ तथा कानमा समस्या भएका विद्यार्थीहरुलाई निशुल्क रुपमा उपचार गर्न सुरु गरिएको हो । आज लेटाङ ४ स्थित […]
लेटाङ, १० फागुन । लेटाङ नगरपालिकाले आवधिक योजना वनाउने उदेश्य सहित सुरु गरेको एक दिने गोष्ठी सम्पन्न गरेको छ । आज राष्टिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा अमेरिकाका लागि नेपालका पुर्व राजदुत डाक्टर शंकर शर्माको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष किसोर प्रधानको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकालाई दिगो विकाका लागि […]