लेटाङ, ९ फागुन । लेटाङ नगरपालिकाले ब्यवसायको प्रवर्धन गरौ भन्ने उदेश्य राखेर आरन संग सम्बन्धित सामाग्रीहरु वितरण गरेको छ ।
गाउँमा खेतीपाती नगर्ने कोही छैनन् । अधिकांशले धान, मकै तरकारी, अलैँची, अम्म्रिसो, सुन्तला लगायत बाली लगाएकै छन् भने ब्यवसायिक वा परम्परागत रुपमा पशुपंक्षी पालन ब्यवसाय गरेका छन । मकै छर्ने, तरकारी लगाउने लगायत कामको यस वेला चटारो छ ।
खेती किसानीमा प्रयोग हुने औजारको किनबेच हुनेबेला पनि यही हो । तर घरेलु औजारको निर्माणमा परम्परागत शैली नै अपनाई रहदा ब्यवसाय मज्जाले फस्टाउन सकेको छैन । किसानहरु औजार किन्नका लागि बाह्य वजारको भर पर्नुपर्ने अवस्था छ ।
यहि विषयलाई मध्यनजर गर्दै लेटाङ नगरपालिकाले आरन ब्यवसायलाई प्रवर्धन गर्नका लागि आवश्यक सहायक सामाग्री वितरण गरेको छ ।
आज लेटाङ नगरपालिकाका नगरप्रमुख शंकर राईले नगरपालिका क्षेत्र भित्र परम्परागत रुपमा ब्यवसाय गरिरहेका विपन्न आर्थिक अवस्थ भएका ब्यसायीहरुलाई आरन ब्यवसायमा चाहिने आवश्यक सहायक सामाग्रीहरु वितरण गर्नुभयो । उहाँले कृषी ,पशुपालन र घरायसी प्रयोजनका लागि औजार अति आवश्यक रहेको र यसलाई ब्यवसायिक बनाउन सके धेरैले रोजगारी पाउने भएका हुदाँ ब्यवसायिहरुको जीवनस्तर उकास्नका लागि यस ब्यवसायलाई सहयोग गरेको बताउनुभयो । नगरपालिका क्षेत्र भित्र रहेका अन्य ब्यवसायलाई समेत सहयोग गरिरहेको बताउदै सिप , क्षमता विकास गराउनका साथै सहायक सामाग्री दिएर ब्यवसायहरुलाई सहयोग पुयाईरहेको बताउनुभयो । बाईट
कार्यक्रमलाई संयोजन गर्नुभएकी कार्यपालिका सदस्य मुना सार्कीले दलित समुदायले संचालन गरिरहेका ब्यवसायहरुमा आफुहरुले विशेष योजना बनाएर अगाढी बढेको बताउनुभयो । उहाँले क्रमै संग सबैलाई सहयोग गर्ने बताउनुभयो ।
यो याममा सिक्कल, हँसिया, खुर्पा, बाम्फोक, कोदालो कोदाली, काँटा लगायत उपकरणको प्रयोग अत्यधिक हुने र हातमा सिप भएर पनि मेसिन खरिद गर्न नसकेर ब्यवसायि हुन नसकि रहेको वेला नगरपालिकाले वितरण गरेको सामाग्रले औजार वनाउन छिटो र सजिलो हुने भएकाले ब्यवसाय फस्टाउने ब्यवसायी चहके विश्वकर्माले वताउनुभयो । उहाँले नगरप्रमुख शंकर राई र नगरपालिकालाई धन्यवाद समेत दिनुभयो ।
घरेलु औजार बनाउन लागि आधुनिक मेसिन ग्यालेन्डर मेसिन, कटिङ मेसिन,आगोफुक्ने, घन,रेति,सनासो, हाते मेसिन, र ड्रिल मेसिन लगायत वितरण गरिएको कार्यक्रमकी सहसंयोजक सुशीला विश्वकर्माले जानकारी दिनुभयो ।