बोयर जातका वाख्रा वितरण

Letang Khabar सोमबार, पौष १२, २०७८

लेटाङ १२ पुुष । विगत लामो समय देखि बाख्रापालनको क्षेत्रमा बृहत्तर काम गर्ने उदेश्य सहित स्थापना भएको ब्यवसायिक महिला बाख्रापालन सहकारी संस्था लेटाङले प्रजनन योग्य ब्याडे बोका तथा पाठी वितरण गरेको छ ।
लेटाङ नगरक्षेत्र भरी कार्यक्षेत्र वनाएर बाख्रापालन ब्यवसाय विकासका लागि काम गरिरहेको सहकारीले यस वर्ष सहकारीमा आवद्ध भएका कृषकलाई ३२ वटा वोयर जातीको पाठी र ५ वटा बोयर जातका ब्याड बोका वितरण गरेको हो । सहकारीले बाख्रा बेचविखनमा सजिलो होस भनेर डिजिटल काँटा समेत वितरण गरेको छ । घासँको विउ,बाख्रामा लागेको रोगको लागि औषधी वितरण तथा भ्याक्सिन लगाउने कार्य गरेको सहकारीकी अध्यक्ष दिलमायाँ तामाङले वताउनुभयो ।
सहकारीको १३ वटा समुहलाई आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बाख्रा हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी रहनुभएका नगरप्रमुख राईले सहकारीले बाख्रापालनका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै नगरपालिकाले समेत सहकारी मार्फत बाख्रापालनमा काम गरेको बताउनुभयो । उहाँले लेटाङमा बाख्रापालनको संभावना धेरै राम्रो भएकाले यसको विकासमा लेटाङ नगरपालिकाले समेत ठुलो लगानी गरिरहको वताउनुभयो ।
लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अधिकृत अच्युत प्रसाद दाहालले यो कार्यक्रम फलदायी भएकाले यसको निरन्तरताको लागि शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रमकी अध्यक्ष दिलमायाँ तामाङले १३ वटा समुहलाई समेटेर वितरण गरिएको र वितरण गरिएको बोयर पाठीले जन्माएको पहिलो पाठी संस्थालाई फिर्ता गर्नुपर्ने र उक्त पाठी अर्को समुहलाई वितरण गरिने वताउनुभयो । यो कार्यक्रम ५ बर्ष सम्म निरन्तर चल्ने समेत उहाँले जानकारी दिनभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ