राष्ट्रिय भुमि आयोग स्थानीय सेवा केन्द्र लेटाङको कार्यलय उद्घाटन

Letang Khabar मंगलबार, फाल्गुण १७, २०७८

लेटाङ ,१८ फागुन । राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले मङ्गलबार लेटाङमा भुमिहिन दलित ,भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोवासी स्थानीय सेवा केन्द्रको उद्घाटन गर्नु भएको छ ।
कार्यलयको उद्घाटन गर्दै आयोग अध्यक्ष निरौलाले सरकार भुमिहीन दलित,भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोवासीलाई जग्गा धनी बनाउने यो नै अन्तिम आयोग भएको बताउनु भयो । समस्या केन्द्रीत भएर सबै दलका प्रतिनिधिले सहयोग गरे भुमिहीन सम्बन्धि समस्या समाधान गर्न सकिने बताउँदै उहाँले राजनीति भन्दा माथि उठेर काम गर्न आब्हान गर्नुभयो । निरौलाले सुकुम्बासीका समस्यालाई चुनाबी भोटको रुपमा प्रयोग नगर्न दलका नेताहरूसँग आग्रह गर्नुभयो । भुमि आयोगका मोरङ अध्यक्ष सुशीला घिमिरेले लेटाङमा रहेको समस्या अन्य पालिकामा भएको भन्दा फरक देखिएकोले यो समस्या समाधानका नयाँ कार्यबिधि बनाएर भए पनि अघि बढ्ने बताउनुभयो ।
लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले २०२४ साल देखि लेटाङ नगरको मुख्य बजार नै कानुनी रुपमा अब्यबस्थित रहेको बताउनुभयो ।राईले साढे ३ दशक देखिको समस्या स्थायी रुपमा समाधान गर्न नगरपालिकाले सबैखाले सहयोग गर्ने बताउनु भयो । एउटै जमिनको दुईवटा नक्शा भएकोले त्यो जग्गालाई नयाँ नापजाँच गरि कायम गरिदिन नगर प्रमुख राईले आग्रह गर्नुभयो । २०२८ सालमा कायम भएको लेटाङ२(ङ )को ३५ विगाहा जमिन पुरै अब्यवस्थित भएको बताउँदै नेपाली कांग्रेस लेटाङका उप सभापति मदन भट्टराईले त्यहि जमिनलाई २०५५ सालमा अर्को नक्शा बनाएर थप समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो । मोरङका प्रमुख नापी अधिकृत मणि रेग्मीले यो समस्या समाधान गर्न नयाँ कार्य विधि निर्माणका लागि राष्ट्रिय भुमि आयोगलाई सिफारिस गर्ने बताउनुभयो ।
लेटाङका पुर्व प्रधानपञ्च नीरबिक्रम किराँतीले चिसाङ खोला पीडितलाई २०२२ सालमा स्थानान्तरण गरि बसोवास गराइएको लेटाङ बजार ५६ वर्ष सम्म समाधान हुन नसकेको प्रति दुख ब्यक्त गर्नुभयो ।
लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले नगरमा अघिल्लो आयोगले १७३ भुमिहीन दलित,५३८ भुमिहीन सुकुम्बासी र ३४३९अब्यबस्थित बसोवासी रहेको तथ्यांक तयार गरेको बताउनुभयो ।ती मध्ये नयाँ आयोग गठन भएपछि ४० भुमिहीन दलित ,२१० भुमिहीन सुकुम्बासी र ३२७ अब्यवस्थित बसोवासी ले प्रविष्ट गरिसकेको बताउनुभयो ।४ हजार १५० मध्ये ५७७ ले नयाँ प्रविष्ट गरिसकेको र प्रविष्टहुने क्रमजारी रहेको बताउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ