विश्व स्तनपान दिवस साताव्यापी रुपमा मनाइँदै

लेटाङ साउन १७ । विश्व स्तनपान दिवस, ‘स्तनपान जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा मनाइँदैछ । शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको हो । स्वास्थ्यकर्मीका अनुसार आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । आमाको दूधमा रोगाणु नाशक […]

कर्णालीको यार्सागुम्वा भन्दा कम छैन मोरङको निगुरो

जङ्गलमा निगुरो खोज्दै बालबालिका हरी कोईराला लेटाङ(मोरङ) १७ साउन । उत्तरी मोरङको चारकोशे झाडीमा यतिबेला निगुरो खोज्नेहरूको भीड कर्णालीमा यार्सागुम्बा खोज्नेको भन्दा कम छैन् । पूर्व पश्चिम राजमार्गको मोरङ खण्ड अन्तरगत पर्ने सुनझोडा पूल पश्चिम र बेतना सीमसार पूर्वको उत्तरी क्षेत्रमा निगुरो खोज्नेको भीड सजिलै देख्न सकिन्छ । लेटाङ कानेपोखरी सडकको विचमा दैनिक सयौको हुलमा […]

एकिकृत सहरी विकास योजना सम्वन्धी कार्यशाला गोष्ठी

प्रशान्त निरौला लेटाङ १६ असार । एकिकृत सहरी विकास योजना सम्वन्धी कार्यशाला गोष्ठी लेटाङ नगरपालिकामा आज सम्पन्न भएको छ । एकिकृत सहरी विकास योजना तयार गर्ने सम्बन्धमा गोष्ठि आयोजना गरिएको थियो । जिओईएस ग्रीड राजदेवी जे.भी. र स्थानिय साझेदार सरोकारवालाहरुको उपस्थितीमा गोष्ठि सञ्चालन गरि विभिन्न विषयगत समितिलाई पूर्णता दिईएको छ भने उपस्थित जनप्रतिनिधीहरुका विच भिन्न […]

 सरकार विरुद्ध मोरङ कांग्रेसको प्रदर्शनमा मानवसागर उर्लियो

पसलपसलबाट जुलुसलाई व्यापारीको ताली विराटनगर १५ साउन । विराटनगर, १५ साउन । नेकपा सरकारको जनविरोधी कार्यको विरोधमा मंगलबार कांग्रेसले विराटनगरमा मानवसागर उतारेको छ । कांग्रेस जिल्ला नेतृत्वले सभामा ५० हजार बढी कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको दाबी गरेको छ । ठूलो मेहनतका साथ तयारी गरेको सभा उपलब्धिपूर्ण देखिएको थियो । विरोधसभा भनिएपछि कार्यक्रम भव्य र […]

अवैध काठ बरामद

मोरङ, साउन १५ गते। मोरङको केराबारी गाउँपालिका १० बाट प्रहरीले चोरीको काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय केराबारीको टोलीले सोमबार बेलुका मोरङ केराबारी १० स्थित बगैचाबाट काली पोखरी जाने भित्री खोल्सी खण्डबाट अन्दाजी ७ क्युवि फिट सालको फ्यान्टा (चिरान काठ) बरामद गरेको हो। गस्तीमा रहेको प्रहरीले ७-८ जनाको समुुहले काठ तस्कर गर्दै गरेको फेला […]

जोखिम मोल्दै यात्रा गर्छन् जाँतेबासी

डम्बर सिन्चिउरी जाँते (लेटाङ्ग ) १४ साउन । उत्तरी मोरङको लेटाङ्ग ८ र ९ (जाँते)का जनता बिगत केहि महिना यता देखि आफ्नो ज्यान नै जोखीममा पारेर करिब १० किलो मिटर बाटो यात्रा गर्न बाध्य छन् । यो कुनै भिरको बाटो पनि हैन । यहाँ कुनै खोल्सा पनि छैन । भर्खरै निर्माण भैरहेको नयाँबाटो पनि हैन […]

दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

मोरङ । मोरङको गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज […]

अलैंचीको व्यावसायिक खेती

  लेटाङ (मोरङ), साउन ११ गते । उत्तरी मोरङको लेटाङ नगरपालिका, मिक्लाजुङ र केराबारी गाउँपालिकामा अलैंचीको व्यावसायिक खेती हुनथालेको छ । साविक वारङ्गी गाविस हाल लेटाङ–७ का हामसेर लिम्बूले २०३५ सालमा प्रयोगका रूपमा इलामबाट बिरुवा ल्याएर पहिलो पटक अलैंची फलाउनुभएको थियो । त्यसयता साविक वारङ्गी, सिंहदेवी, पाटीगाउँ, भोगटेनी, रमितेखोला र याङ्सिलाका किसानले अलैंची खेती गरिरहेका […]

कारागारकी युवतीबाट शिशुको जन्म

भद्रपुर, १० साउन(रासस) जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् । कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् । आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको र आजै अस्पतालबाट दुवैलाई कारागारमा ल्याइएको कारागार प्रमुख […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ