जोखिम मोल्दै यात्रा गर्छन् जाँतेबासी

Letang Khabar सोमबार, साउन १४, २०७५

डम्बर सिन्चिउरी
जाँते (लेटाङ्ग ) १४ साउन । उत्तरी मोरङको लेटाङ्ग ८ र ९ (जाँते)का जनता बिगत केहि महिना यता देखि आफ्नो ज्यान नै जोखीममा पारेर करिब १० किलो मिटर बाटो यात्रा गर्न बाध्य छन् ।

यो कुनै भिरको बाटो पनि हैन । यहाँ कुनै खोल्सा पनि छैन । भर्खरै निर्माण भैरहेको नयाँबाटो पनि हैन । अब ,तपाई सोँच्नु हुन्छ होला कसरी भनेर रु छक्क नपर्नुस् , यो हो, विगत चैत्ररबैशाख महिना देखि स्थानिय तेली खोला बाट उत्खनन् गरी निकालिएको ढुङ्गा(गिट्टी बोकेका ट्रिफरले बिगारेको पथरी(जाँते बाटोमा यात्रा गर्ने जाँतेलीको परिस्थिती  हो ।

२०५१र५२ साल देखि सञ्चालित उक्त बाटोमा तत्कालिन समयमा भालु खोले नामको बसमा स्थानिय मोरङ्गी खोलाबाट यात्रा गर्दा पनि न भोगेको कष्ट भोग्नु परेको अनुभव सुनाउछन् स्थानिय यात्रुहरू । यो अवस्था त्यतिकै सृजना भएको भने होइन । गत बर्षको बाढीले स्थानिय बाह्रकोठे लाई तेली खोलाले पुर्याएको क्षतिबाट जोगाउन जब स्थानिय बासी लागे ,तब सबैको निर्णय एउटै भयो कि , खोला खन्ने र खोला जन्य पदार्थ निकासी गरी बस्ती जोगाउने । त्यसै अनुरूप सबै व्यबस्था मिलाएर काम शुरू भयो । स्थानिय यूवाहरूको सक्रियतामा दुई वटा स्काइभेटर र केहि ट्रिफर पनि आयो । उत्खनन् पनि शुरू भयो । स्थानिय केहि यूवा हरूले रोजगार पनि पाए । केहि बेरोजगारी समस्या पनि हल भयो । उत्खनित वस्तु सप्लाई भयो ,स्टोर भयो । जिल्लाले निकासीकर लिन सुरू भयो ,ठेकेदारको आम्दानी सँगै स्थानिय वडाको आम्दानी पनि बढ्न थाल्यो ।
तब , शरू भयो जातेलीका कष्ट पूर्ण यात्राका दिनहरू ।अनि शुरू भयो , शुरूआति बर्षहरू देखि लेटाङ कानेपोखरी को पट्यार लाग्दो यात्रा बाट छुट्कारा पाएका जातेलीको दुई दशक भन्दा लामो निकै सुखद यात्रामा तुषारापात ।अनि शुरू भयो  धुलै धुलो भएर गर्नु पर्ने बाइक तथा साना सवारी साधन यात्रा , अलिकति पानी पर्यो कि हिलै हिलो ।

चिटीक्क परेर आफन्त कहाँ दुई (चार लाखको वाइक वा निजी सवारी साधन चढेर जाँते बाट पथरी पुग्दा धुलो या हिलो लागेर चिन्नै नसकिने हुने दिन ।त्यसरी नै बाहिर बाट जाँतेमा आफन्त भेट्न आउने का दुर्दशा । बसमा चढेर हिड्दा पनि थोत्रो बसको झ्याल बाट छिरेको धुलोले पुर्याउने कष्ट । ट्रिफरले बनाएको ठूला ठूला खडल र अगलो( होचो रउबड खाबड परेको बाटोमा बसमा यात्रा गर्दा कतिखेर ड्राइभरको हात बाट स्ट्रिङ्ग खुस्किएर बाटाको नजिक(नजिक रहेको रूखमा ठोक्किएर हुने दुर्घटना को त्रास ।  बाईक वा साना सवारी साधन लाई ट्रिफरले ठोक्काएर वा धुलोबाट आत्तिएर हुन सक्ने दुर्घट्ना । यो भन्दा पनि कसैले सायदै मात्र सोँचेको होला कि, यहि धुलाम्मे यात्राकै कारण कति दिन आफू र आफ्ना साना नानीहरूलाई निमोनिया ,टाइफाइट, रूघा मर्गी,झाडा पखलाजस्ता रोगले सताएर अस्पताल बस्नु पर्यो भनेर । अनि अर्को सोच्दै नसोँचेको कुरा त के भने यो बर्ष खायको धुलोले कुन बर्ष कस्तो रोग लागेर के हालत हुन्छ भन्ने ।

यी माथि उल्लेख गरीएका समस्या त प्रतिनिधि समस्या मात्र हुन् । समस्या त अब आउने छन् । जाँते पथरी बाटो बिग्रीएर कुनै पनि सवारी साधन चल्नै बन्द हुन्छ । त्यस पछि त्यता बाटो बिग्रीएर डाइभर्ट भएका ट्रिफर मदन चौक ,बुडौली चौक ,मोरङ्गी खोला पार गरी लेटाङ पाँच हुँदै जाँदा ,गत बर्ष मात्र गरिएको पिच भत्कने सम्भावना तिब्र भएको छ । अब भन्नुस , जाँते पथरी बाटो बन्द हुदा को क्षति कस्ले वेहोर्ने रु दुख पूर्ण तवरले कसैले यात्रा गर्छ भने पनि त्याहा हुन सक्ने दुर्घटना को कस्ले जिम्मा लिने रु भर्खरै निर्माण गरीएको पिच एकै बर्षमा त्यति ठूला ट्रिफरले भत्काउदा  जबाफ देही  को हुने रु यस्ता निरूत्तर प्रश्न कैयौ हुदा हुदै पनि आजका दिन सम्म विना रोक तोक ट्रिफर चलि रहनुको दोष कस्ले लिने ? स्थानिय तह ले कि ? प्रदेश संसदले उपेन्द्र घिमिरेले कि ? संघिय सांसद घनश्याम खतिवडालेकी ? व्याबसायीले ? यस्को जबाफ जातेलीले अबस्य माग्ने छन् जब कसैको ज्यान बाटो कै कारण जोखीममा पर्ने छ । तब ,यो दुबै निकायलाई भारी पर्ने छ । बेलैमा सोचे राम्रो हुने यो पंतिकारले सम्बन्धित निकायलाई सुझाव दिन्छ ।
के भएर आयो त जाँतेमा यस्तो समस्या ?
जब बाह्रकोठे जोगाउन बिपद न्यूनिकरण समिति द्वारा तेली खोला उत्खनन् गर्ने योजना सँगै कार्य शुरू गरी ठूला ठूला ट्रिफर बाट  गिट्टि रढुङ्गा निकाशी गर्यो । तब बर्सौ यात्रु बाहाक बस ,ट्याक्टर , साना सवारी साधन र बाइक मात्र दौडेको बाटामा ठूला ठूला खाडल र उभड खाबड पर्न थाल्यो ।  अनि साना तिना विरोध का स्वर आउन थाले, पछि त्यसको डाहा मार्न केहि ट्रिफर गिटी हाल्ने काम भयो । जति गिटी हाले पनि बाटो खाडल भएर जस्ताको तस्तै भयो । त्यस पछि भने सारा गाउलेको विरोध आए पछि नगर प्रमूख आएर ट्रिफर यातायात र उत्खनन् कार्य नै रोक पनि लगाइयो तर केहि दिन पछि नै छ सय ट्रिप गिटी लगाउने सर्त सहित बाटो सँगै उत्खनन् पनि खोलियो । धुलो मार्न एउटा ट्याङ्कर पनि व्यबस्था गरियो ।आखिर त्यो पनि हात्ती आयो ,हात्ती आयो फूस्साू भने झै जाँतेको बन अफिस र पथरीको चौकी अघि मात्र पानी छ्याप्ने काम भयो । दुवै तिर को बाटो जाते पथरी र धान खेती हुदै किसान चौक निक्लने बाटोमा कति ट्रिप हालियो अनुगमन नभए पनि हाल सम्म गिटी हाल्ने काम नरोकीएको स्थानिय ढुंगागिटी व्यवसायी तथा  वडा सदस्य इन्द्र ढकाल वताउछन् ।

उनका अनुसार जति मात्रमा गिटी हालिन्छ त्यसको चार डव्वल खाडल बन्छन्। त्यसमा पनि हामि स्थानिय गिटी हाली हाली ट्रिफर चलाउछौ तर बाहिरका साथिहरू त्यत्तिकै लान्छन् ।अनि हामि मात्रले सम्भव भएन । यसको अनुगमन न स्थानिय तहले गर्छ ,न जनताले देख्छन् ?
सबै भन्दा ठूलो घातक काम त कहाँ र कसरी हुँदै छ भने ,गत चैत्र रबैशाख देखि शुरू गरीएको काम असार एक गते देखि बन्द हूनु पर्ने थियो । तर सो मिति बाट उत्खनन् कार्य बन्द गरिए पनि  निकासी भने हाल सम्म रोकिएको छैन । स्टोरको सामान निकासी गरीएको  नाममा जाँते बाट मात्र अहिले पनि दैनिक तिस देखि पैतिस ट्रिप गिटी बिना रोक तोक निकासी भैरहेको नाम नबताउने सर्तमा एक ट्रिफर चलक वताउछन् । चालकका अनुसार असार एक गते बाट न कुनै लाई कर तिर्नु पर्छ ,न कुनैको हप्की खानु पर्छ रु कसैले सोधे जिल्लाबाट ल्याएको अनुमति पत्र देखायो ढुक्क छ । अर्का एक चालक भन्छन लेटाङ र जाते को दुवै स्टोर गरी जम्मा ३ सय  घन मिटर को लागि माल (गिटी) को अनुमति छ तर हाल सम्म लाखौ घन मिटर माल निकासी भैसकेको र अझ पनि स्टोरमा लाखौ घन मिटर माल निकासीको तयारीमा रहेको छ । अब भन्नुस स्टोर गरीएको माल कति छ भन्ने कस्ले अनुगमन गर्यो ? र अनुमति दियो ? अब कति छ भन्ने कस्ले अनुगमन गर्ने हो ? यसरी आँखै अगाडि अनियमितता भै रहेको न देख्नुमा ठूलै मिलो मतो बाट यो काम भै रहेको छ भन्न कुनै आइतवार पर्खनु पर्ला र ? यस विषयमा प्रश्न गर्दा स्थानिय वडाध्यक्ष कृष्ण लुइटेल भन्छन् बाटो बिग्रेको थाहा छ तर किन रोकिएन ट्रिफर भन्दा अनुमति छ भन्छन ,अरू थाहा छैन । बाटो विग्रेको बारे नगर प्रमूखालाई प्रश्न गर्दा उक्त बाटो लाई यस वर्ष तिन करोड बजेट परेकोले चाँडै बाटोको निर्माण सुरू गरिने वाउनुहुन्छ ।

स्मरणिय कुरा त यो छ कि ,अब पुनः केहि दिन भित्रै जातेमा रहेको भिम पौडेलको स्टोर बाट पनि गिटी निकासी शुरू हुने भयको एक सुत्रले जनाएको छ । त्यस बाट पुनः दुबै लेटाङ पाँचको पीच र पथरी जाते  बाटोमा थप क्ष्यति पुग्ने निस्चित छ।

यति धेरै अवस्था बाट गुज्री रहेको जाँते पथरी बाटो र जातेलीको यात्रा अवस्था लाई सुधार ल्याउन अब पनि जाते बासी ले चासो देखाउन ढिलो गरे आउन लागेका चाडहरूमा लेटाङ भएर पथरी पुग्नुको विकल्प नहुने देखिन्छ । साथै उक्त बाटोमा परेको ३ करोड त के ६ करोड खर्च गर्दा पनि जाँतेवासीले पहिलेको दश मिनेट वाला बाटो पाउन नसक्नेमा दुई मत सायदै होला ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ