अवैध काठ बरामद

Letang Khabar मंगलबार, साउन १५, २०७५

मोरङ, साउन १५ गते। मोरङको केराबारी गाउँपालिका १० बाट प्रहरीले चोरीको काठ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय केराबारीको टोलीले सोमबार बेलुका मोरङ केराबारी १० स्थित बगैचाबाट काली पोखरी जाने भित्री खोल्सी खण्डबाट अन्दाजी ७ क्युवि फिट सालको फ्यान्टा (चिरान काठ) बरामद गरेको हो।

गस्तीमा रहेको प्रहरीले ७-८ जनाको समुुहले काठ तस्कर गर्दै गरेको फेला पारेपछि रोक्न खोज्दा तस्करहरुले खुकुरी निकालेका थिए। प्रहरीबाट पनि जवाफी स्वरुप सानो पेस्तोलबाट हवाई फायर गरिएपछि तस्करहरु काठ छाडेर भागेका इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले चिरान काठ र १ थान खुकुरी, काठ चिर्न प्रयोग गरिने आरा १ थान, रेती १ थान र टर्चलाईट १ थान बरामद गरेको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ