पशुपति गंगा सेवा आरतीमा गायक धर्मदास बुढाथोकी भजन सम्राट उपाधीद्धारा सम्मानित

Gopal pokharel बुधबार, जेठ ३०, २०८१

अहिले नेपालमा ३ दर्जन भन्दा बढी स्थानमा गंगा सेवा आरती हुने गरेको छ । त्यसको सुरुवात २०६४ साल श्रावण २१ गते सोमबारको दिन पशुपतिबाट भएको थियो । त्यो आरतीका अभियन्ता मध्येका एक धर्मदास बुढाथोकी शास्त्री पनि हुनुहुन्छ । आरती सुरु गर्दा उहाँ संस्थापक महासचिव हुनु भएको थियो । काशी हिन्दु विश्वविद्यालय बनारसबाट संगीतमा मास्टर गर्नु भएका धर्मदास बुढाथोकिले भारतमा वाराणसी तटको गंगा आरतीमा गाउने अवसर पाउनु भएको थियो । उहाँले त्यहाँ अनुप जलौटाको अगाडि आफ्नो प्रस्तुति दिने अवसर पाउनु भएको थियो । उहाँको त्यही अनुभवले गर्दा पशुपतीमा पनि आरती सुरु भएको थियो । उहाँले सुरुवात देखि नै निरन्तर आरतीमा भजन प्रस्तुत गर्नु भएको थियो अध्ययन सकेर नेपाल आएपछी उहाँले नेपाल साँस्कृतिक संस्थानमा गायन प्रमुख भएर पाँच वर्ष सेवा गनुर्् भएको थियो ।

कर्मको सिलसिलामा क्यानडा बस्दा पनि उहाँले क्यानडामा पशुपति मान्दिर स्थापना गर्ने काममा सरिक हुनुभयो भने उहाँले त्यहाँ नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउने वातावरण पनि बनाउनु भएको छ ।

उहाँ अहिले केही महिनादेखी नेपालमा रहनु भएको छ । यसै सन्दर्भमा उहाँलाई पशुपति गंगा आरती सेवा समूहले विशिष्ट भजन गायकको रुपमा र डा. वासुदेव कृष्ण शास्त्री अध्यक्ष रहेको संस्था सनातन ज्ञान विज्ञान केन्द्रले भजन सम्राटको रुपमा विभूसित गरेको छ । उहाँले विगतमा नेपालमा छँदा
भक्तिसुधा एल्बम निकालेर भजन गायनलाई अगाडि बढाउनु भएको थियो । त्यो बेलामा उहाँले गाएका माटोको विछौना माटोकै सिरानी, आयो सखि गोकुलमा जादुवाला आयो,
वृन्दावनको पाखामा बाँसुरीको भाकामा हामीलाई डाँकेर लगायतकाता भजन निकै चर्चित भएका थिए । त्यसपछी उहाँले दर्जनौँ भजन र गीत गाउनु भएको छ । उहाँले अहिलेको बसाइँमा पनि जीवन विज्ञानका केही भजन, केही गीत र अन्य भजन गरेर ३ दर्जन बढी गीत रेर्कड गर्ने अवसर पाउनु भएको छ ।
पूर्वीय दर्शनमा आचार्य गर्नुभएका धर्मदास शास्त्री क्यानडाबाट भजन गाउनकै लागि अमेरिका, अष्ट्रेलिया, भारत र बेलायत पनि जानुहुन्छ । कर्मको सिलसिलामा जहाँ बसेपनि संगीतमा नै रमाउनु भएका धर्मदास बुढाथोकिलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको आरती सेवा समाजका अध्यक्ष जनार्दन शर्माले जनाउनु भयो । कार्यक्रममा संगीतकार भुपेन्द्र रायमाझी, ललितकला क्याम्पसका प्रमुख डा. रमेश पोखरेल, पुर्व प्रशाशकहरु टिकाराम अर्याल, श्रीमान श्रेष्ठ, सनातन हिन्दु सेवा समितिका माहासचिव मेख बहादुर बुढाथोकी, शिवाकोटी समाजका अध्यक्ष जया शिवाकोटी, अटला युनिर्भसिटी क्यानडाका डा. भानुभक्त आचार्य लगायतका विशिष्ठ व्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । गत सोमवार र यो सोमवार पनि उहाँले पशुपतिमा आरती गाउनु भएको थियो । जहाँ भक्तजनहरुको ठूलो उपस्थिति रहेको थियो । भजन सुनेर भक्तजनहरु निकै प्रफुल्लित भएका थिए ।
उहाँले दर्जनौं मन्दिर र भागवत लगायतका कार्यमा भजन गाउँनु भएको छ । नेपालको धर्म, संस्कृति र आध्यात्मिक पर्यटनलाई पश्चिमा मूलुकमा भएका हिन्दुहरु समक्ष पनि प्रस्तुत गरेर नेपालको आर्थिक अवस्थालाई सवल बनाउने अभियान चलाउनु भएको छ

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ