केशवराज भट्ट निर्देशित हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक (भिडियो )

News बिहिबार, जेठ ०३, २०८१

काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् । नेपालको बाह्रय पर्यटनको विकासको लागि फिल्म र म्युजिक भिडियोहरु पनि एउटा बलियो माध्यम बन्ने गरेका छन् त्यसमा नेपाली गीतको भन्दा हिन्दी गीतको बजार धेरै ठुलो रहेको हुदा पछिल्लो समय केहि नेपाली म्युजिक भिडियो मेकरहरुले हिन्दी गीतको समेत निर्माणमा ध्यान दिन थालेका छन् यस्तैमा बिगत लामो समयदेखि अग्रणी रुपमा नेपाली गीतहरुको निर्माण गर्दै आइरहेको कम्पनी भवसागर इन्टरटेन्टमेन्टले हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक गरेको छ ।

अम्बिका गुरुङको शब्दरचना र शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीतमा तयार ‘तस्बिर’गीतमा इस्माइल दासको स्वर रहेको छ गीतलाई याकुब तामाङको एरेन्ज गरेका हुन् । बिशेषत् हिन्दी गीतको बजार संसारभरनै धेरै ठुलो रुपमा फैलिएको र त्यसमा आफ्नो करियर खोज्दै धेरै नेपालीहरु अहिले पनि मुम्बईमा संघर्ष गरिरहेका छन् गीतको अडियो भिडियो मेकिङ्गलाइ हेर्दा हामीले यहि पनि धेरै राम्रो हिन्दी गीतहरु निर्माण गर्न सक्छौ भन्ने देखिन्छ। गीतको भिडियोलाई मनाङ्ग जिल्लाको उच्च हिमाली लोकेसनमा छायांकन गरिएको छ ।
केशवराज भट्टको निर्देशनमा बनेको भिडियोमा भिडियोमा प्रभातपाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको छ । भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी , मिलन श्रेष्ठ र बन्दे प्रसादको सम्पादन रहेको छ ।
गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त मानिने ‘तस्बिर’ गीतका म्युजिक डाइरेक्टर शंकर थापा ‘स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ