वन मुद्दाका फरार प्रतिवादी मिक्लाजुङबाट पक्राउ

Letang Khabar बुधबार, पौष ०४, २०७५

 

विराटनगर, ४ पुस। मोरङ जिल्ला अदालतबाट वन मुद्धामा कैद सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । मोरङ मिक्लाजुङ गाउँपालिका ४ बस्ने बर्ष ३३ को रुपेश राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । राईलाई बन मुद्धामा २०६९ साल असार ७ गतेको सम्मानित जिल्ला अदालत मोरङको फैसलाले ८ हजार २ सय ४९ रुपैयाँ १४ पैसा र १ महिना १५ कैद सजाय तोकिएको थियो । आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलवारवाट खटिएको प्रहरी टोलीबाट पक्राउ परेका राईलाई सम्मानित जिल्ला अदालत मोरङमा उपस्थित गराईने प्रहरीले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ