यो पढेपछि तपाई चुरोटको एक सर्को तान्न पनि डराउनु हुन्छ ?

Letang Khabar बुधबार, मंसिर १९, २०७५

– एक सर्को धूम्रपान गर्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको शरीरमा प्रवेश गर्छ । यसमध्ये २ सय ५० भन्दा बढी केमिकल निकै खतरनाक हुन्छ ।

– त्यसरी प्रवेश गरेको ६९ केमिकल क्यान्सरको कारण बन्ने गर्छ । हालै भएको अनुसन्धानले भनेको छ कि यस्ता हानिकारक केमिकल मानिसको मृत्युको कारणसमेत बन्न सक्छ ।

– धूम्रपान र तम्बाखुको सेवनले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज ९सिओपिड०, मुटुमा धमनीसम्बन्धी रोग, सिबिडी र फोक्सोको क्यान्सर हुने सम्भावना पनि बढाएर लैजान्छ ।

– सिओपिडी समस्याको एक मात्र उपचार भनेको धूम्रपान त्याग्नु हो । जसको कारण मायोकर्डियल इन्फाक्रसन, फोक्सो क्यान्सरको सम्भावना पनि निकै कम भएर जान्छ । भारतमा भएका क्यान्सरका रोगीमध्ये ३० प्रतिशतभन्दा बढीलाई मुख र फोक्सोको क्यान्सर हुने गर्छ । र, एकचौथाइ क्यान्सरपीडितको कारण धूम्रपान भएको पनि पत्ता लागिसकेको छ ।

– धूम्रपानबाट फोक्सो र अन्य श्वासप्रश्वास तन्त्रलाई क्षति पु(याउने गर्छ । जसका कारण उच्च रक्तचाप, अक्सिजनको कमीलगायतका समस्या हुने गर्छ ।

– धूम्रपानले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिजको पनि अत्यधिक सम्भावना हुन्छ । नियमित धूम्रपान गर्ने हरेक चारमध्ये एकलाई सिओपिडी हुने गरेको पनि अनुसन्धानबाट पत्ता लागेको छ । दम र सिओपिडी दुवैले फोक्सोको क्रियाशीलतामा कमी ल्याउने काम गर्छ ।

– धूम्रपान नगर्ने मानिसको तुलनामा धूम्रपान गर्नेमा सिओपिडीको सम्भावना तीन गुणाले बढेर जान्छ ।

– नियमित धूम्रपान गर्ने ४० प्रतिशत मानिसलाई स्थायी ब्रोङ्काइटिस हुने गर्छ । र, त्यसमध्ये आधा मानिसलाई सिओपिडीको सिकार हुने गर्छन् ।

नयाँ पत्रिका

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ