
काठमाडौँ, ४ साउन (रासस)।कित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बस्नुभएका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ […]
काठमाडौँ, ३ असार (रासस) : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ । प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर […]
काठमाडौं ३, साउन। जुम्लामा अनसनरत डा। गोविन्द केसीलाई काठमाडौंतर्फ ल्याइँदैछ । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा। केसी काठमाडौं आउन तयार भएका हुन् । केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । झडपबाट डा। गोविन्द केसी निकै दुखी भएका छन् । […]
लेटाङ ३ साउन । लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडाले जितेकी छिन् । लेटाङ लायन्स क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता उपाधिसँगै खतिवडाले विभिन्न आकर्षक पुरस्कार जितिन् । साथै उच्च शिक्षाका लागि छात्रवृति र ५ लाख रुपैयाँको विमा पाइन् । त्यस्तै, फष्टरनरप जानुका मगर, सेकेन्ड रनरअप दिपा लिम्बू र थर्ड रनअरप नाईशा दियाली भइन् । उनीहरुले विभिन्न […]
धरान १ साउन । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो राजधानी […]
पथरी । मोरङ्गको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पस प्रमुखको कक्षमा बिद्यार्थीहरुले तालाबन्दी गरेका छन । क्याम्पसको शैक्षिक सुधारका लागि १८ बुँदे माग सहित ज्ञापनपत्र जेष्ठ ८ गते नै बुझाएता पनि क्याम्पस प्रशासन र प्रमुखले बेवास्ता गरेको भन्दै स्वतन्त्र बिद्यार्थी युनियन, अनेरास्ववियु ,नेपाल बिद्यार्थी संघ ,किरात बिद्यार्थी मञ्च ,लिम्बुवान बिद्यार्थी मञ्च लगायतले सामुहिक तालाबन्दी […]
लेटा१ साउन । लेटाङ प्रिन्सेसका प्रतिष्पर्धीहरुले आफ्नो प्रतिभा देखाएका छन् । लेटाङ लायन्स क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको उपाधि होडमा रहेका ४२ जना युवतीहरुले आ–आफ्नो प्रतिभा देखाएका हुन् । सहभागीहरुले नृत्य, गायन, भाषण, नाटकलगायत प्रस्तुत गरेका थिए । लेटाङकै जुनु लिम्बू, सृष्टि लामा, शान्ति राई, बारा राई, निस्मा ठकुरी, राहिल गिरी, रोशनी लिम्बू, सजिना लिम्बू, […]
लेटाङ ३२ असार । रौतहटमा जारी उपराष्ट्रपति महिला फुटबल प्रतियोगितामा धनकुटालाई १ ० ले पराजित गर्दै मोरङ महिला टिमले भोलि हुने सेमीफाईनलमा कैलाली सँग भेट पक्का गरेको छ । मोरङ महिला टिममा लेटाङका महिला खेलाडिहरु साबित्री मगर, सपना मगर, आशा लिम्बू, सुष्मा लिम्बू, लक्ष्मी लिम्बू लगायतको टिमले खेलमा सहभागिता जनाईरहेका छन् ।
काठमाडौँ, ३२ असार । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने […]