धरान उपमहानगरपालिकाका मेयरको निधन

Letang Khabar मंगलबार, साउन ०१, २०७५

धरान १ साउन । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो

राजधानी काठमाण्डौमा उपचार गराइरहेका धरान उपमहानगरपालिका नगर प्रमुख तारा सुब्बाको स्वास्थ्य अवस्था गम्भिर रहेको आशंका गरिएको थियो ।

श्वास प्रश्वासमा शिकायत भएपछि मेयर सुब्बा उपचारका लागि साता अघि काठमाण्डौ गएका थिए । त्यहाँ स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराई रहेका उनलाई छातीमा संक्रमण (निमोनिया) भएको बताइएको थियो ।

अस्पतालले उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्दै आएको छ । सघन कक्षामा भर्ना गरिएकाले उनको स्वास्थ्य अवस्था गम्भिर रहेको आशंका गरिएको थियो ।

यसअघि मृगौला प्रत्यारोपण गरेका मेयर सुब्बाको स्वास्थ्य अवस्थाप्रति चिन्तित शुभेच्छुकहरुले सामाजिक सञ्जालमा व्यापक रुपमा सकुशलताको कामना गर्दै आएका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ