क्याम्पस प्रमुखको कक्षमा अनिश्चितकालीन ताला

Letang Khabar मंगलबार, साउन ०१, २०७५

पथरी । मोरङ्गको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पस प्रमुखको कक्षमा बिद्यार्थीहरुले तालाबन्दी गरेका छन ।
क्याम्पसको शैक्षिक सुधारका लागि १८ बुँदे माग सहित ज्ञापनपत्र जेष्ठ ८ गते नै बुझाएता पनि क्याम्पस प्रशासन र प्रमुखले बेवास्ता गरेको भन्दै स्वतन्त्र बिद्यार्थी युनियन, अनेरास्ववियु ,नेपाल बिद्यार्थी संघ ,किरात बिद्यार्थी मञ्च ,लिम्बुवान बिद्यार्थी मञ्च लगायतले सामुहिक तालाबन्दी गरेका हुन ।
बिद्यार्थीहरुले पटक पटक क्याम्पस प्रशासन संग छलफल गर्दा पनि बेवास्ता भएपछि क्याम्पस प्रमुखको कार्यलयमा ताला लगाएको पथरी बहुमुखी क्याम्पसका स्वबियु सभापती गोपाल साम्बाले बताए । बिद्यार्थीहरूले राखेको मागमा प्रमुख नियुक्तीमा भएको संझौता पूरा गर्नुपर्ने, कोचिङको व्यवस्था , खेल मैदान, पार्किङ, कम्प्युटर तालिम , क्याम्पस क्षेत्रमा सिसि क्यामेरा जडान, शुल्कमा अटाउनु पर्ने लगायतका १८ बुदे माग बिद्यार्थीले अघि सारेका छन ।
आफ्ना मागहरु पूरा नभए सम्मका लागि अनिश्चितकालिन तालाबन्दी गरिएको बताइएको छ । क्याम्पसको कार्यलयमा तालाबन्दी गरिए पनि बिद्यार्थीको पठनपाठन कार्यमा कुनै अवरोध नगरिने साम्बाले बताए । बिद्यार्थी संगठनले लाईब्रेरी बाट पुस्तक नपाएको भन्दै शुक्रबार क्याम्पसको लाईबे्ररीमा समेत ताला लगाएका थिए । क्याम्पस प्रमुखको कार्यलयमा ताला लागेको एक दिन पनि बित्न नपाउदै प्रमुख चेतन पौडे्लले राजिनामा दिएको घोषणा गरेका छन ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ