
लेटाङ १४ चैत । दैनिक ज्यालादारी गरेर जिविका चलाईरहेका विपन्न मजदुरहरुलाई लेटाङ नगरपालकिाले खाद्यान्न वितरण गर्ने भएको छ । लकडाउनका कारण काम गर्न नपाई खानाको ब्यवस्था गर्न नसकिरहेका मजदुरहरुलाई दाल,चामल लगायतका खाद्यबस्तु वितरण गर्न लागिएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न मजदुरको लगत वडा कार्यालयले लिएको र सोही वमोजिम खाद्यन्न […]
लेटाङ, ११ चैत । लेटाङ नगरपालिकाका जनप्रतिनीधिहरुले आफ्नो १५ दिनको सेवासुविधा वापतको रकम कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न सरकारले खडा गरेको केन्द्रीय राहत कोषमा जम्मा गरिदिने भएका छन् । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा […]
प्रशान्त निराैला लेटाङ, ७ चैत । लेटाङ नगरपालिकाले विपद ब्यवस्थापन समितिको बैठकवाट ६ वटा निर्णय पारित गरेको छ । कोभिन १९ विश्वव्यापी रुपमा संक्रमणको रुपमा फैलिरहेको अवस्थामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी लेटाङमा समेत संयमता अपनाउन आवश्यक रहेको भन्दै लेटाङका ३ वटा नाका लेटाङ ९ को धार्मिक चौक, लेटाङ ४ को गंगे चौक र लेटाङ २ […]
लेटाङ, ७ चैत । आर्थिक अवस्था कमजोर भई स्वास्थ्यमा गम्भिर समस्या आउदा समेत स्वास्थ्य संस्थामा पूग्न नसकेका लेटाङ नगरपालिका वडा नं. २ का ७८ बर्षिय रत्नवहादुर परियार र ३० बर्षिय मात्रिका दर्जीलाई नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले पहल गरि नोवेल अस्पतालमा उपचारका लागि पठाउनुभएको छ । आर्थिक अवस्था ज्यादै नै कमजोर भएका मात्रिका दर्जी […]
चाँदनी हमाल काठमाडौँ, ६ चैत । कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूले पहिलो पहल अनुसार पाँच दिनअघि भिडियो सम्मेलन गरेर आफ्ना अनुभव साटासाट गरेका थिए । जसले विश्व मञ्चमा सकारात्मक सन्देश दिएको थियो । सङ्कटका बेला […]
लेटाङ, ५ चैत । उपभोक्ता समितिलाई बैठक ब्यवस्थापन ,माईन्युट लेखन , पालना गर्नुपर्ने आवश्यक कानुनी प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात तथा विल भरपाई सम्बन्धी तालिम प्रदान गरिएको छ । लेटाङ नगरपालिकाको आयोजनामा लेटाङ नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुलाई एकदिन तालिम दिईएको हो । तालिमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभएको थियो । तालिम […]
लेटाङ ३० फागुन । मोरङको लेटाङ नगरपालिकाको छैटौँ नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगर सभाले पुरक बजेट तथा कार्यक्रम मार्फत ३ ककरोड ४५ लाख ७० हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । हाल सम्मको चालु खर्च ३१ प्रतिशत मात्रै भएको छ । चालु अवस्थामा रहेको ५० करोड ८६ लाख ५७ हजार बजेट मध्ये […]
लेटाङ, २७ फागुन । उपचारका अभावमा रोगले थलिएर घरमै बस्न बाध्य बनेकी लेटाङ ९ जाँतेकी करिव ५० बर्षिय सिता लिम्बुलाई नेपाली कांग्रेसका जिल्ला सभापती डिगवहादुर लिम्बुले उपचारका लागि विराटनगरको नोवेल अस्पताल भर्ना गराउनुभएको छ । पैसा नभएर मृत्युको पर्खाइमै बसिरहेकी लिम्बुलाई लिम्बुले उपचारका लागि नोवेल अस्पतालकै एम्बुलेन्समा राखेर अस्पताल पूर्याइ उपचार सुरु गरिएको सभापति लिम्बुले […]
लेटाङ, १४ फागुन । आधुनिक कृषी प्रणाली अवलम्बन गर्ने उदेश्य सहित ६५ परिवार किसानलाई टनेल वितरण गरिएको छ । लेटाङ नगरपालिका र वडा नं. ८ को आर्थिक सहयोगमा लेटाङ ८ जाँतेका कृषकहरुलाई उक्त कृषी सामाग्री प्रदान गरिएको हो । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले मंगलवार वडा नं. ८ को कार्यलयमा आयोजना गरिएको कार्यक्रममा कृषकहरुलाई टनेल […]