कोरोनाकाे शंका लागेकालाई पनि अस्पताल पूर्याउछौ: एम्बुलेन्स चालक

Letang Khabar आइतबार, चैत्र १६, २०७६

लेटाङ , १६ चैत । एम्बुलेन्स वाट अस्पताल जान चहाने नोवेल कोरोना लगायत सवै किसिमका समस्या भएका विरामीहरुलाई बोक्न आफुहरु तयारी अवस्थामा रहेको लेटाङका एम्बुलेन्स सञ्चालकहरुले बताएका छन् ।
कोरोना भाईरसको महामारीको समेत प्रवाहा नगरी आफुहरु विरामीहरुलाई अस्पताल पूर्याउन तयार रहेको उनिहरुले वताएका हुन् । मोरङ साकोसका सन्तोष अधिकारीले हामी संग कुरा गर्दै समस्या देखिए तत्काल आफुलाई फोन गर्न अनुरोध समेत गरेका छन् ।
कोरोना भाईसरको महामारीका बेला लेटाङमा समेत यसका विरामी हुन सक्ने भन्दै चौविसै घण्टा सेवा दिन तयार रहेको एम्बुलेन्स सञ्चालकहरुले वताएका हुन् ।

विरामीहरुले एम्बुलेन्समा अस्पताल जानुपरे तलका नंबरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
मोरङ साकोस – सन्तोष अधिकारी ९८४२४१८६१६, संसेवन साकोस – सन्जिव तामाङ ९८४२२८९९०४ , शुभकामना हेल्थ केयर प्रा.ली. – डम्बर राई ९८४०९८८११

यसैगरी मोरङ बचतका एम्बुलेन्स चालक सन्तोष अधिकारीले आज ईलाका प्रहरी कार्यालय लेटाङलाई ३० वटा माक्स दिनुभएको छ । उहाँले प्रहरीले २४ सै घण्टा जनताको सेवा गर्नुपर्ने वेलामा माक्स विनै काम गर्दा अहिलेका संक्रमण फैलिने भएकाले यसलाई रोक्नका लागि आफ्नो तर्फवाट माक्स वितरण गरेको वताउनुभयो ।
त्यसैगरी प्रशान्त मेडिकल हलका तर्फवाट १ डब्बा पञ्जा ईलाका प्रहरी कार्यालय लेटाङलाई दिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ