रोजगारका राम्रा कामले पोलेकाहरू अंग्रजी भाषाको निहुँमा गोकर्ण विष्टलाइ हटाउन लागे

Letang Khabar बुधबार, आषाढ २७, २०७५

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टलाई सामाजिक सञ्जालमा खुब उडाइयो । मन्त्री विष्टले अंग्रेजीमा गरेको भाषण र उक्त भाषणमा प्रयोग भएको अंग्रेजी शब्दहरुको उच्चारणलाई लिएर उनको घनघोर आलोचना गरियो ।

केहीले अंग्रेजी भाषामा रहेको उनको कमजोरीलाई लिएर उनि कामै नलाग्ने मन्त्रीसम्म भन्न भ्याए । आज यस सेरोफेरोमा केही भन्न चाहान्छु । अंग्रेजी बोल्न जान्ने मान्छे नै विद्धान हो भन्ने भ्रम व्याप्त भएको समाजमा गोकर्ण विष्टलाई उडाउनु नौलो कुरा होइन तर एउटा सामान्य परिवारको मानिस गाँउको सामान्य सरकारी विद्यालयमा पढेर मुलुकको मन्त्री बनेका छन् ।
मन्त्रीका रुपमा गोकर्ण विष्टले राम्रो काम गरेकी गरेनन् मुल्याङ्कनको शुरुवात र अन्त्य उनको कामबाट मात्र हुनुपर्छ ।

अंग्रेजी राम्रो जान्दैमा र बोल्दैमा कोही महान हुँदैन यद्यपी अंग्र्रेजी राम्रो भैदिए राम्रो हुने मात्र हो । भाषा ज्ञान होइन तर बच्चाले स्याउलाई एप्पल भन्दा खुसी हुने हाम्र्रो समाजमा अझै पनि अंग्रेजी बोल्न जानेकै भरमा मानिसको मु्रल्याङकन गरिन्छ ।

सामुदायिक विद्यालय पढेका धेरै मानिसका अंग्रेजी कमजोर र उच्चारण पृथक छन् । अझ विभिन्न समुदाय, आदिवासी जनजाति दाजुभाई र दिदी बहिनीहरुको लवज, टोन, अलग छ , फरक छ । विविधतायुतm यो समाजको ठुलो हिस्साले राम्रो शिक्षा दिक्षा पाउन नसेकेको यर्थाथलाई कसैले हाँसी मजाक बनाउँछ भने त्यसको पछाडि केही न केही रहस्य लुकेको छ ।
आफ्नो विशिष्ट शैली संस्कृती र सभ्यताका संवाहक नेवार समुदायका धेरै दाजुभाई दिदी बहिनिहरु त लाइ ट ,ध लाई ढ ,द लाई ड भन्नु हुन्छ । के अब यस कुरालाई पनि उपहासको बिषय बनाउने रु शेर्पा, मगर, राई, लामा, तामाङ, लगायतका अनगिन्ती भाषिक विविधता यो मुलुकको विशिष्ट पहिचान हो, परिचय हो, गर्व हो ।

यो परिवेशबाट उठेर आएको मान्छेलाई अंग्रेजी नआउन पनि सक्छ, आएपनि कतिपय उच्चारणहरु मरी गएपनि मिल्दैनन् । भौगोलिक हिसाबले कतिपय स्थानहरुमा प्रयोग हुने स्थानीय भाषाका प्रभावले कतिपय शब्दहरुको उच्चारण नेपालीमै गर्न पनि कतिपय साथीहरुलाई गाह्र्रो हुन्छ, प्रोगे्रस सबैलाई भन्नै आउँदैन पोरोगेरेस भनिन्छ, यो कुरा बुझ्न जरुरी छ ।

र यो जुन प्रोग्रेस मैले जसरी भने त्यो पनि विल्कुल सही उच्चारण नहुन सक्छ । तराई मधेश क्षेत्रका दाजु भाई दिदी बहिनिहरुको आफ्नै विशिष्ट, उत्कृष्ट, भाषा, भेष संस्कृति छ । त्यसलाई कसैले उपहास गर्न कुनै हालतमा मिल्दैन् । अंग्रेजी फिटिक्कै जनान्ने भएपनि केवल अंग्रेजी नजानेकै आधारमा यस्ता त मन्त्री छन् भनेर नभनियोस ।

विशेषतः वैदेशिक रोजगारीका क्षेत्रमा गोकर्ण विष्टले थालेका प्रयासहरुको सहना गर्न उनको अंग्रेजी जिरै भएपनि डजन्ट म्याटर । वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणमा उनले गरेका कयौ्र्र प्रयास ज्यादै सह्रानीय छन् । वैदेशिक रोजगारीमा जाने युवाहरु ठाँउ ठाउँमा ठगिने अवस्थालाई्र सुधार्न परिमार्जित अनलाइन प्रणाली केही दिनमा ल्याउँदै छन् ।
विदेशी जेलमा परेको नेपालीको मुद्धा सरकारले लड्ने तयारी गर्दैछन्, सर्वाधिक युवाहरु जाने देश मलेशियाका सन्दर्भमा अत्याधिक आर्थिक भार थोपर्ने गरी भैरहेको सिण्डिकेट खारेजीको घोषणा हुनु चानचुने उपलब्धी होइन । बरु सिन्डिकेट बाबाहरु मन्त्री नै फाल्ने खेलमा लागिसकेको सुनिदैछ ।

गरिब नेपालीका छोराछोरीलाई ठग्नेहरुलाई कारवाही गराएरै छोड्नु होला । विभिन्न देशका अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउन कार्य विधि बन्दै छ रे, जसरी पनि पुरा गर्नुहोस ।

परदेशमा मुत्यु भएका नेपालीहरुको लाश बुझ्ने समेत ठाँउ नभएकोमा त्यसको समेत व्यवस्था हुँदैछ रे । अनि देश भित्र रहेका ३० लाख बढी श्रमिकको न्युनतम पारिश्रमिक ३९ प्रतिशत वृद्धी गर्ने निर्णय लगायतका कुरामा मुल्याङकन गर्नु साटो अंग्रेजी बोल्ने शैलीमा मुल्याङकन हुनु जरुरी छैन ।

तर सकेसम्म स्पष्ट र गलत अर्थ नलाग्ने गरी बोल्ने प्र्रयास गर्नूहोला । नेपालीमै बोलेर अंग्रेजीमा ट्रान्सलेसन गरिएको भाषणको कपि विदेशीलाई थमाउन पनि सकिन्छ । अर्काको भाषा बोल्दा उसैले जस्तो बोल्न जरुरी छैन, उसैले जस्तो बोल्न सके राम्रो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ