वालसन्त माथी गोली प्रहार

Letang Khabar आइतबार, चैत्र २५, २०७४

विराटनगर २५ चैत । धर्मगुरु वालसन्त माथी गएराती गोली प्रहार भएको छ । आजदेखी विराटनगर १४ जतुवा स्थित श्रीराम जानकी मन्दीरमा हुने श्रीमदभागवत पुराणमा सहभागी हुन शनिवार विराटनगर पुग्नुभएका श्रीनिवास मााथी गोली प्रहार भएको हो ।

राती पौने २ वजेति धर्मगुरुमा गोली प्रहार भएको स्थानियले जानकारी दिएका छन् । उनको दाहिने कुममा गोली लागेको छ । गोली लागेर गम्भिर घाईते धर्मगुरुको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ । घट्नास्थलवाट प्रहरीले धम्किसहितका केही पर्चा र गोलीका २ वटा खोका फेला पारेको छ ।

हिन्दुराज्य स्थापनार्थ अभियान चलाउदै आएका आचार्य वालसन्त माथी पहिलादेखि नै गोली प्रहारको धम्कि आउने गरेको वताईएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ