चिनियाँद्वारा निःशुल्क भिसाको दुरुपयोग बढ्दो

Letang Khabar मंगलबार, बैशाख २५, २०७५

 

काठमान्डौ २५ वैशाख ।चिनियाँ पर्यटकलाई पाँच महिनासम्मका लागि निःशुल्क भिसा उपलब्ध गराउने नियमको दुरुपयोग बढेको अध्यागमन विभागका अधिकारीहरूले बताएका छन्।

नेपालले दुई वर्षयता चिनियाँ पर्यटकहरूलाई उक्त सुविधा दिँदै आएको छ।

पर्यटक भिसामा आएर व्यापार लगायतका गतिविधि गर्दै बस्ने चिनियाँहरूको संख्या बढ्न थालेपछि त्यसमा नियन्त्रणका लागि कदम चालिएको विभागले जनाएको छ।

विगतमा सार्क राष्ट्रका नागरिकहरूलाई एक महिनासम्मका लागि मात्र दिइँदै आएको निःशुल्क भिसा चीन सार्कको पर्यवेक्षक मुलुक भएपछि सन् २०१६ यता चिनियाँ नागरिकहरूलाई १५० दिनका लागि दिन थालिएको हो।

निगरानी
तर निःशुल्क पर्यटक भिसामा नेपाल आएर चिकित्सा पेशादेखि ठूला व्यवसायसम्ममा उनीहरू संलग्न हुने गरेको गुनासो बढेको र केहीलाई पक्राउ गरी फिर्ता समेत पठाइएको अध्यागमन विभागले जनाएको छ।

धेरै ठाउँमा चिनियाँ पर्यटकहरूले निःशुल्क भिसाको दुरुपयोग गरेको र गलत काम गरेको देखिएको छ। यस्तो गतिविधि नियन्त्रण गर्नुपर्छ भनेर हामीले धेरैलाई निगरानीमा राखेर फिर्ता पनि गरेका छौँ
चिरञ्जीवी थापा, प्रमुख, कानून शाखा, अध्यागमन विभाग
गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागको कानून शाखाका प्रमुख चिरञ्जीवी थापाले भने, ूधेरै ठाउँमा चिनियाँ पर्यटकहरूले निःशुल्क भिसाको दुरुपयोग गरेको र गलत काम गरेको देखिएको छ। यस्तो गतिविधि नियन्त्रण गर्नुपर्छ भनेर हामीले धेरैलाई निगरानीमा राखेर फिर्ता पनि गरेका छौँ।ू

‘विदेशी नागरिकमाथि सूक्ष्म निगरानी’

‘हालसम्मकै धेरै पर्यटक’

उनले चिनियाँलाई निःशुल्क पर्यटक भिसाका कारण पर्यटकहरूको संख्या बढेको भए पनि समस्या समेत बढेकोले त्यसबारे पुनर्विचार गर्न गत हप्ता मात्रै विभागले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको बताए।

विभागका अनुसार पछिल्ला केही महिनायता कारबाहीमा पर्नेमा अधिकांश चिनियाँ चिकित्सक र साना व्यापारी छन्।

यद्यपि यो समस्या चिनियाँहरूको हकमा मात्रै भने देखिएको छैन।

पुनर्विचार
गत हप्ता श्रमस्वीकृति विनै काम गरेको आरोपमा काठमाण्डूको दरबारमार्गबाट पक्राउ परेका उत्तर कोरियाली नागरिकहरूविरूद्ध आरोप पुष्टि हुन नसकेको बताउँदै विभागले हालै उनीहरूलाई दूतावासको जिम्मा लगाएको थियो।

पक्राउ परेका ११ जना उत्तर कोरियाली नागरिकमध्ये ६ जना पर्यटक भिसामा नेपाल आएको भए पनि भिसा दुरुपयोग गरेको पुष्टि नभएकोले दूतावासको जिम्मा लगाइएको विभागले जनाएको छ।

अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने, ूउत्तर कोरिया बाहेक अरू देशबाट आउने पर्यटकले पनि अन्य काम गरी भिसा दुरुपयोग गरिरहेको भन्ने छ। त्यसकारण हामीले निगरानी बढाएका छौँ।ू

पछिल्ला केही वर्षयता पर्यटक भिसा दुरुपयोग गरे बापत झण्डै पाँच सय जनालाई उनीहरूकै देश फिर्ता गरिए पनि त्यस्ता गतिविधिको अनुगमन चुस्त पार्न स्पष्ट नीति नभएको गुनासा कायमै छन्।

source : BBC

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ