लेटाङ कानेपोखरी सडकको अनुगमन

Letang Khabar मंगलबार, मंसिर २३, २०७७

लेटाङ २३ मंसिर । लेटाङ कानेपोखरी सडकको अनुगमन गरिएको छ । आज लेटाङ नगरपालिका र सडक डिभिजन कार्यालय विराटनगरको टोलीले अनुगमन गरेको हो ।

निर्माणाधीन कालोपत्रे सडकको लेटाङ नगरपालिकाका प्रमुख शंकर राई ,सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख पशुपति ज्ञावली , लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल सहितको टोलीले अनुगमन गरेको छ ।

रमिता बिबिके कन्स्ट्रक्सनले जोइन्ट भेन्चरमा निर्माण गरिरहेको सडकको गुणस्तरियता परिक्षण गर्नका लाग ईन्जिनियर सहितको टोलीले अनुगमन गरेको हो ।अनुगमनका क्रममा सडकका केही ठाँउमा निर्माण गर्दा कमजोरी देखिएकाले तत्काल सुधार गरेर लैजान निर्माण कम्पनीलाई निर्देशन गरेको नगरप्रमुख राईले जानकारी दिनुभयो । हाल १६ सय मिटर सडक कालोपत्रे भईरहेको र फारलाईन देखि दक्षिण छ भने उत्तर तर्फको  १६ सय मिटर थप नगरपालिकाकाे वजेटवाट  २ कराेड रुपैयामा टेन्डर आह्वान गरिएकाे प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले जानकारी दिनुभयाे ।

लेटाङ कानेपोखरी सडकको अवस्था विग्रिएर नाजुक बनेपछि लेटाङ नगरपालिकाका प्रमुख सहितको टोलीले सडक बोर्डमा सडक मर्मत गरिदिन पहल गर्नुभएको थियो ।

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ