आन्तरिक पर्यटकिय गन्तव्य स्थल बन्दै जाँतेको झोलुङ्गे पुल

  डम्बर सिन्चिउरी शनिबार, साउन ३१, २०७७

डम्बर सिन्चिउरी

जाँते- झोलुङ्गे पुल भन्ने वित्तिकै मानिसहरु स्वभाविक रुपमै रमाउने गर्छन् । उनिहरु आफ्नो मनलाई वहलाउन व्यक्तिगत या पारिवारीकरुपमा पनि यस्ता ठाउँहरुमा घुम्न , समय काट्न , बनभोज खान आदि का लागि जाने गर्छन् । अझ् साहित्त्यमा रुचिरख्ने  व्यक्तित्वहरु त झन् आफ्नो रचनालाई फुराउन या त पुर्णता दिन पनि यस्तै एकान्त र सुन्दर दृष्य भएका ठाउँहरुको खोजीगर्दै पुग्ने गर्छन् । गाउँघर बाट अलिक पर, कोलाहल पनि त्यत्ति नहुने , स्वच्छ वातावरण , मनोरम प्राकृतिक दृष्यावलोन गर्न पनि सकिने यस्ता थुप्रै अवस्थाहरु झोलुङ्गे पुल भएका ठाउँहरुमा हुने भएकाले समेत मानिसहरु त्याहाँ पुग्ने गर्छन् ।
अधिकांश झोलुङ्गे पुल पहाडि भेगमा गहिरा खोँचहरु भएका र पक्कि पुल बनाउन कठिन भएका वल्लो गाउँ र पल्लो गाउँलाई आवत जावत गर्न कठिन ठाउँहरुमा नै निर्माण हुने गर्छन् ।  खोलाको वारि र पारि दुई वटा खम्बा ठड्यार या त दह्रो गरी बनाएको अंकुसमा अड्काएर फलाम को डोरी माथि फलाम या आल्मोनियमको पत्ता जडान गरेर छेउछेउमा कुनै धातु बाटै बनेको जालीको बेरा लगाई बनाईएका हुन्छन् । कोहि खोलाको चौडाईको आधारमा या त बनावटको आधारमा झोलुङ्गो जस्तै तल तिर झुलेको हुन्छ त , कोहि भने माथी तिर उठेको हुने गर्छ । वारिपारि अड्किएको र विचभागमा हावामा तैरिए जस्तै देखिने, झोलुङ्गो जस्तै हल्लिने , पुलको मुनितिर बाट कलकल र छंङ्छङ्ग गर्दै ठुला-साना खोला बगीरहेको मनोरम दृष्य देख्न पाईने भएरै पनि यस्ता पुलहरुले मानिसहरुको मन लोभ्याउने गर्छन् । साथै खोला किनार मा रहेका हरियाली र खोलाको विच भाग बाट तल-माथी हेर्दा त झन् अति मनै लोभ्याउने दृष्य देख्न सकिने भएर पनि होला मानिसहरु झोलुङ्गे पुलहरुमा आकर्षित भएको सजिलै आँकलन गर्न सकिन्छ ।
हो ,ठ्याक्कै माथि उल्लेख गरीए झैं अान्तरिक पर्यटकिय गन्तव्य स्थल बन्दैछ उत्तरी मोरङ्गको लेटाङ्ग ८ र मिक्लाजुङ्ग ५ जोड्न स्थानिय तेलीखोलामा निर्मित झोलुङ्गे पुल । यस पुलमा कोरोना कहरकै समयमा समेत स्थानिय साथै छिमेकी पालिकाहरु बाट दैनिक जस्तो दर्जनौंको संख्यामा मानिसहरु घुम्न आउनेगरेको लेटाङ्ग ८ जाँतेका वडाध्यक्ष भिम पोख्रेल बताउनु हुन्छ । उहाँ  भन्नुहुन्छ “यहाँ आउने  अधिकांश मानिसहरु पुल तर्न भन्दा पनि पुल हेर्न , फोटो- भिडियो बनाउन , सेल्फी खिच्न , अहिले चलेको टिक्टक हो कि के भन्छन् , हो त्यस्तो बनाउन र दिन भरी पुल बाट देखिने दृष्यको मज्जा लिन पनि मानिसहरु आउने गरेको मैले पाएक छु । यो पुल अहिले मात्र बनिसक्न लाग्दै छ । तर यहाँ मानिसहरु गत मंसिर तिर बाटै कुडुलो लागेको देख्दा भने यसले पुर्णता पाए सँगै साथै माहामारी को अन्त्य पछि भने यहाँ निकै भिड बड्ने मैले अनुमान गरेको छु ।” यो झोलुङ्गे पुल यस मोरङ्ग लगायत छिमेकी जिल्ला या  पालीकाहरुको अहिले सम्म कै नमुना भएकाले पनि यो पुल आन्तरिक पर्यटकिय गन्तव्य बन्नथालेको वडाध्यक्ष पोख्रेल बताउनुहुन्छ ।
यहाँ पहिले चिया खाने ठाउँ थिएन । अहिले होटेल समेत बनी सकेछ । विगतमा  होटेलको अभावमा आफुहरुले निकै कष्ट भोगेको तर अहिले भने होटेल मा आयो आफुलाई मनलागेको खाजा खायो ,पुनः दिन भरी घुम्यो ,दृष्यावलोकन गर्यो अनि साँझ पख मात्र घर तिर लाग्यो भन्दै खुसी वयक्त गर्नु हुन्छ छिमेकी गाउँपालीका कानेपोखरी १ का जितेन राई । ।  होटेलको अभावमा यहाँ घुम्नआउँदा पानी धरी खोलाको खानु परेको , खाजा खान मनलाग्दा दुई किलोमिटर दक्षिण जाँते बजार आउनु पर्थ्यो । खाजा खाँन तल झरे पछि पुनः फर्केर जानै थकाई लाग्ने भएकाले धिक मर्ने गरी पुल घुम्नै नपाएको दुखेसो सुनाउँछन् उर्लाबारी बाट गत हिँउदमा पुल घुम्न आएका ईक्साहाङ्ग चेम्जोङ्ग । “अब चैं होटेल  पनि बनेछ साथीहरु बटुलेर फेरि घुम्न अाउनु पर्यो ” भन्छन् अर्का अनुभवी पथरी बजारका अनिस क्षेत्री ।
कोरोना को माहामारी सँगै बर्खा याम लागे पनि होटेलमा निकै भिडभाड बढ्न थालेको वताउँछन् होटेल संचालक  रामु लिम्बु     । भिड्भाड् बडे सँगै खाद्य परिारहरुको पनि माग बडेकाले थपलगानीका साथ होटेल संचालन गर्ने सोँचमा आफु रहेको बताउँछन्  संचालक लिम्बू ।
उक्त पुल ०७५ श्रावण देखि निर्माण शुरुगरी झण्डै दुई वर्ष लगाएर हालै मात्र निर्माण सम्पन्न गर्ने चरणमा रहेको ठेकेदार कम्पनि प्रतिनिधि गोपाल खड्काले जनाएकाछन् । उनका अनुसार एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने गरी पुलको ठेक्का लिईएको भए पनि भु-बनौट मा फरक परेर पुलको डिजाईन स्टिमेट भन्दा १२ मिटर लम्बाई बढ्न गए सँगै निर्माण ढिला हुन गएको हो । अब भने पुल केही निर्माण र केही मर्मत बाहेक हस्तान्त्रणको अवस्थामा पुगीसकेको जनाईएको छ । पुल नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानिय विकास पुर्वाधार विभाग , सस्पेन्सन बृज डिभिजन द्वारा विनियोजित बजेट बाट निर्माण गरिएको हो । यो पुलको लागत१ करोड ५९ लाख ९ सय ९९ रुपैया रहेको निर्माण कम्पनि कार्की बन्धु /रुविना जे. भि. प्रा. लि. का संचालक जयदेव थापाले वताएकाछन् । २ सय ३५ मिटर लम्बाई को पुल निर्माणको जिम्मेवारी पाईएको भए पनि भौगोलीक बनावटको कारणले हाल यसको लम्बाई २ सय ४७ मिटर रहैको ठेकेदार थापाले वताए । थापाका अनुसार पुलको चौडाई भने १ मिटर २० सेन्टिमिटर रहेको छ । यो पुलको भार थेग्ने  क्षमता ८९ मेट्रिक्टन रहेको छ भने यस पुलले ६ सय ४० जना पद यात्रिलाई वहन गर्न सक्ने क्षमता रहेको वताईएको छ । यस पुलबाट पैदल यात्री सँगै एक पटकमा एउटा मोटरवाईक समेत अावत जावत गर्न सक्ने छ ।
यो झोलुङ्गे पुलको निर्माण सँगै वर्षौं देखि तेलिखोलाका कारण हुने गरेको धन- जनको क्ष्यति अन्तय हुनुका साथै मिक्लाजुङ्ग र लेटाङ्ग आवत जावत गर्ने हजारौं स्थानिय पैदल यात्री लाभवन्वित हुने लेटाङ्ग ९ का वडाध्यक्ष कृष्ण लुईटेलले वताएकाछन् । उनका अनुसार स्थानिय तेली खोलाले हरेक वर्षा याम सँगै स्थानिय या  छिमेकी पालिकाका एक दुईजना को ज्यान लिने गर्दै आएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ