पर्यटकको पर्खाइमा लेटाङको देउजे झरना

Letang Khabar मंगलबार, आषाढ २३, २०७७

लेटाङ, २३ असार । लेटाङ बजारबाट नजिकै रहेको रमणीय झरना हो– देउजे । यो झरना लेटाङ बजारबाट ४ किलोमिटर दूरीमा छ । पहाडको फेदीमा लमतन्न सुतेको लेटाङ बजारको बीचबाट उत्तरतर्फ रहेको फराकिलो सडक हुँदै २ किलोमिटर अघि बढ्दा थुम्कोमाथिको रमणीय गुवाबारी पुगिन्छ ।
गुवाबारीवाट थोरै अघि बढेपछि पश्चिमतर्फ लाग्ने कच्ची सडक आउँछ । यात्रालाई यही कच्ची सडकतर्फ मोड्नुपर्छ । यात्रा अघि बढ्दै गएपछि कन्चन पानी बग्ने खोला आउन थाल्छन् । माथितिर पहाडका बीचबाट बगेका साना तर सुन्दर खोला तर्दै अघि बढ्नु पर्छ । अलि पर गएपछि देउजे खोला आउँछ । यहाँ बग्ने अरु खोलाभन्दा यो अलि ठूलो छ ।
त्यहाँबाट अझ अघि बढेपछि सडकको दाहिनेतर्फ एउटा मनमोहक झरना देख्न पाइन्छ । त्यही हो– देउजे झरना । यसलाई कसैले निगुरे भन्छन् त कसैले राते । करिब ३० मिटर माथिवाट छङछङ पानी खसिरहेको दृश्यले यहाँ पुग्ने जोकोहीलाई मोहित बनाउँछ । हिउँदको समयमा झरनामा पानी अलि कम हुन्छ ।
देउजे झरना हुँदै अघि बढेको सडक धनकुटाको ६ नम्बर बुधबारे निस्कन्छ । घना जंगल रहेकाले यहाँ केही खानेकुरा पाइँदैन । बर्षाको समयमा यात्रा पनि अरुबेला जस्तो सहज हुँदैन । मोटरसाइकल भने सहजै पुग्छन् । देउजे झरनाको सौन्दर्यमा रमाएपछि खाजा खान गुवाबारी पुग्नु पर्छ । त्यहाँ व्यवस्थित होटलहरु ग्राहकको पर्खाइमा हुन्छन् । लेटाङ बजारको शिरैमा रहेको यो गुवाबारी भिडभाडवाट आफूलाई टाढा राख्ने र मौलिक खानेकुराको स्वाद लिन चाहनेहरुको मुख्य गन्तव्यका रुपमा स्थापित भइरहेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ