हाल सम्म ८ जना कवारेन्टाईनमा
लेटाङ्ग१६ जेष्ठ । उत्तरी मोरङ्गको लेटाङ्ग नगरपालिकाले कोभिड १९ (कोरोना भाईरस) लाई समुदाय स्तर सम्म सिधै पुग्न नदिने उद्देश्यले आवस्यक मापदण्ड अनुसारको एकसय बेड संख्या भएको क्वारेन्टाईन तयार गर्ने भएको छ ।
लेटाङ्ग ५ स्थित लेटाङ्ग क्याम्पसको हलमा उक्त संख्यामा क्वारेन्टाईन निर्माण गरिन लागिएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जनाउनुभएकाे छ ।
देश लगडाउन कै अवस्थामा रहेको साथै संक्रमितको संख्या पनि दिनानु दिन बढ्दै गैईरहेकाे छ । यति नै बेला छिमेकी मुलुकले लकडाउन खुकुलो पारेको छ । यहि मौका छोपी छिमेकी मुलुकमा यतिन्जेल अप्ठेरो परेका साथै रोजगारी गुमाएका नेपालीहरु भटाभट स्वदेश फर्कन थालेका छन् ।
यसरी सिमाना सम्म आईपुगेका आफ्ना नगर वासीलाई लेटाङ्ग नगरले पनि आफ्नो जिम्मामा लिँदै सुरक्षा जाँच पछि कम्तिमा दुई हप्ता सम्म समुदाय र परिवार बाट छुट्टै राखे पछि मात्र परिवार सामु जिम्मा लगाउनु पर्ने चुनौति लाई पार गर्न नगरले सार्वजनिक स्थल लाई प्रयोग गरेर यस क्याम्पसमा क्वरेन्टाईन बनाउन लागिएको उपमेयर निरौलाले वताउनुभयाे ।
नगरका प्रमुख प्रसाशकिय अधिकृत अच्युत प्रसाद दाहालका अनुसार केही दिन अघि मात्र भारत बाट एक महिला सहित आठ जनाको समुहलाई हामिले सिमाक्षेत्रबाट लेटाङ्ग भित्र्याए सँगै क्वारेन्टाईनको आवश्यकता महसुस गरेका थियौं । यस भन्दा अघि नै आवश्यकता महसुस् गरे पनि कहाँ राख्ने भन्ने टुङ्गो लागिरहेको थिएन । तर , जब बाहिर बाट मानिसहरु आउने जानकारी पाए पछि भने हामीले न्युनतम मापदण्डको आधारमा दुई स्थानमा गरी २६ बेडको क्वारेन्टाईन निर्माण गरेरका थियौं । जस मध्ये स्थानिय जनसेवा सामुदायीक वनको सभाहलमा १० बेड र पुर्वाञ्चल कृषितालिम केन्द्रको सभाहलमा १६ बेडको क्वारेन्टाईन रहेको छ । शुरुमा आएका ७ जना पुरुषको समुहलाई हामिले जनसेवाको हलमा राखेका थियौं भने एक महिला लाई चैं प्राथामिक स्वास्थ्य केन्द्र लेटाङ्गको हलमा व्यावस्थापन गरिएको थियो । हाल उनिहरु सम्पुर्ण लाई लेटाङ क्याम्पस कै हलमा स्थान्त्रण गरी सकिएको छ। यसरी वसिरहेका मानिसहरुलाई स्थान्तरण गरिए सँगै क्याम्पसमा चाप नबढे सम्मको लागि सामुदायिक वनको हललाई पुर्ण निर्मुलिकरण पश्चात बन्द गरिएको छ । तर चाप बढे सँगै भने सो हलाई समेत पुनः प्रयोग गरिने छ ।
शुरुवातमा संख्याको विषयमा केही अलमल भए पनि सरकारी तवर बाटै १ सय बेड रहेको क्वारेन्टाईन बनाउने निर्देशन सहित समान आए पछि भने हामी लाई निकै सजिलो परेकाले केही स्थलको अनुगमन पछि हामीले क्यामपसमा नै उक्त संख्याको क्वारेन्टिन बनाउने निर्णय गरेका हौं । क्याम्पस को विकल्पमा शान्ति भगवती मा. वि. को पनि नाम आएकोमा सुरक्षाको दृष्टिकोण बाट भने क्याम्पस उचित देखिएको थियो । शुरुमा क्यामपसमा क्वारेन्टाईन राख्ने विषयमा सामान्य विवाद आए पनि सामन्य छलफल पछि भने सहमत भएको अधिकृत दाहाल बताउँहुन्छ । यति नै संख्या लेटाङ्गका लागि काफि छ त भन्ने प्रश्नमा दाहाल भन्नुहुन्छ ” तत्कालका लागि प्रयाप्त भए पनि हामी सँग बिदेस बाट फर्कनेको संख्या निश्चित तथ्याङ्क नभएकाले अहिले नै यति नै संख्या आवस्यक भनेर तोक्न गाह्रो छ” । हाल क्वारेन्टिनमा ८ जना भए पनि आज साँझ सम्ममा नै यस को संख्या बढ्न सक्ने जानकारी आईसकेको अधिकृत दाहालले बताउनुभएकाे छ । अहिले सम्म क्वारेन्टाईनमा बस्नेहरुमा लेटाङ १ का ३ जना , ४ का ४ जना र ९ का १ जना रहेका छन् । उनिहरुको समग्र अवस्था बारे केही दिन अघि स्थानिय सामुदायीक वनको क्वारेन्टाईनमा पुगेर नगर प्रमुख शंकर राईले अनुगमन समेत गर्नुभएकाे थियाे ।
क्वारेन्टाईनमा बसेकाहरुलाई हाल २/२ पटक खाना र नास्ता , सेनिटाईजर /माक्स , उपलब्ध गराईएकाे छ । यसैगरी स्वस्च्छ पिउने पानी , उचित शाैचालय सम्मको न्युनतम आवश्यकता उपलब्ध गराईएको छ भने अब छिट्टै नै स्वास्थ्यको टोली पनि खटाईने छ । साथै आजै बाट सुरक्षाको पनि व्यवस्था गरिनेछ । यसै गरी संख्या वृद्धि भए सँगै मेष व्यवस्था सँगै वाईफाईको समेत व्यवस्था गरिने लेटाङ स्वास्थ्य शाखा प्रमुख महेन्द्र चौधरीले बताउनुभयाे ।
के छ त अहिले सम्मको लेटाङ्गको समग्र अवस्था ?
हाल सम्म कुनै पनि कोरोना पोजेटिभ विमारी नदेखिएको लेटाङ्ग नगरपालिकाले दुई हप्ता अघि सम्म विहान र साँझ गरी जम्मा ६ घण्टा अत्यावशेकीय सामाग्रिका पसल खोल्दै आएकोमा त्यस पछि भने विहानको ६ घण्टा मात्र त्यस्ता पसल खोल्न दिएको छ ।साथै लकडाउनको शुरुदेखिनै पुर्ण पालना गरीरहेको लेटाङ्ग नगरले गत जेष्ठ ९ देखि १२ गते सम्म भने नगरलाई पुर्ण सिल गरेको थियो । हाल सम्म ५५ वटा जति आर .डि .टी .परिक्षण गरेको नगरका कुनै पनि नागरिकको पि.सि.आर. परिक्षण भने नगरेको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिनुभयाे ।
लेटाङ्ग मा केही समय अघि देखि अहिले सम्म स्थानिय खोलाजन्य पदार्थ को उत्खनन् र ढुवानी / निकासी निर्वाद भैरहेको छ भने स्थानिय क्रसर हरु पनि संचालनमा रहेका छन् । यसै गरी सडक निर्माण ले तिव्रता पाएको छ । सरकारी राहात दोश्रो पटक सम्म वितरण गरियो भने अब भने स्थानिय संयन्त्रको अनुगमन र विपन्नको मागका आधारमा मात्र राहात वितरण गरिरहेकाे छ ।
डम्बर सिन्चिउरीबाट