कोरोनाको चापमा खल्लो बन्दै साँस्कृतिक चाडवाड

Letang Khabar आइतबार, जेठ ०४, २०७७

डम्बर सिन्चिउरी

जाँते ४ जेठ । देश विस्वव्यापी माहामारी को रुपमा फैलिएको कोभिड -१९ को कहरमा परेर गत ०७६ चैत्र ११ गते देखि हाल सम्म पुर्ण लकडाउनमा छ । यस अवधि भित्रै नेपालीहरुका संस्कार र संस्कृति मध्येका जातिय एवं धार्मिक तथा राष्ट्रिय महत्व राख्ने झण्डै आधा दर्जन चाड पर्व पनि परेका छन् । लकडाउन को शुरुमै चैत्रे दशैं र रामनवमि  त्यस पछि क्रमै सँग नयाँ वर्ष , जोरशितल , सिरुवा , रमजान , बुद्दजयान्ति , उँभौली पर्व जस्ता पर्व यसै समयमा परेको छ ।

यसै गरी काठमाण्डौं उपत्यकमा क्षेत्रियरुपमा मनाउने कैंयौ जात्रा मेला पर्व जस्ता दर्जनौं चाड पनि यसै समयमा वितिरहेका छन् । अहिले सम्म माहामारी रोकिने कुनै छाँट देखिएको त छैन नै ,उल्टै दिनहुँ दर्जनौं को संख्यामा संक्रमित को संख्या  बढिरहेको सरकारले बताईरहेको छ । त्यसैले लकडाउन को समय पनि कहिले खुल्छ सर्वसाधरण मात्र नभई सरकार समेतआफैं रणभुल्लमा परेको अनुमान गर्न सकिन्छ । यसै विच सरकारले गत हप्ता बाट मात्रै केही खकुलो बनाएको लकडाउन अझ कडा बनाउन थालेको छ । कतै कतै त सेना नै परिचालन गर्ने सोँचमा सरकार पुगीसकेको आभास गर्न थालीएको छ ।

यस बाट के अाँकलन गर्न सकिन्छ भने , नेपालीहरु ले अझ कत्ति वटा आफ्ना मौलिक चाड पर्व ,मेला/जात्रा , रितिरिवाज /परम्परा , विवाह, पास्नि छेवार , जन्मजयान्ती ,मृत्यू संस्कार , दशगातात्रा कर्म अादि मनाउन/ गर्न नपाउने हुन् ।

यसरी लकडाउनको कारण प्रकृति पुजक राई  किराँतीहरु ले परम्परा गत रुपमा नै मनाउँदै आएको उँभौली पर्व पनि यसपाली अौपचारिकतामा मात्र सिमित बन्न पुगेको छ । विशेष गरी किराँतीहरु को बसोबास्  भएको क्षेत्र मा मनाउने यो चाड प्रदेश एक का भोजपुर , खोटाङ्ग , खोलढुङ्गा , संखुवासभा , उदयपुर , मोरङ्ग, सुनसरी आदि क्षेत्रमा मनाउने गरिन्छ । हाल आएर बसाईसराई बढे सँगैं काठमाण्डौं उपत्यका देखि युके र हंकङ्ग सम्म फैलिएका राई लगाएत विभिन्न नाम मा याखा,खम्बु ,देवान र लिम्बूहरुले समेत यो पर्व मनाउने गर्दछन् ।

खास गरी राई जातीले वर्षमा दुई पटक गर्दै आएको यो सेवा पुजा मंसिर र बैशाख महिनामा गर्ने गरिन्छ । मंसिर शुक्ल पुर्णिमा को अघि र पछि दुई हप्ता सम्म गरिने यो सेवा पुजालाई उधौली भनिन्छ भने बैशाख शुक्ल पुर्णीमा को दुई हप्ता सम्म लगाएर गरिने सेवा पुजालाई उभौली भन्ने गरिएको वर्षौं देखि नाक्छोङ्ग ( राई को पुरोहित ) काम गर्दै आउनुभएका लेटाङ्ग ९ जाँते निवासी राम बहादुर राई बताउनु हुन्छ ।

उहाँका अनुसार कार्तिक-मंसिर लागे सँगै लेक तिर जाडो बडेर जाडो छल्न विभिन्न फिरन्ते जीव, चराचुरुङ्गी, माछा लगायत लेक बासी मानिसहरु समेत उँधो बेँसी तिर झर्ने भएकाले मंसिरमा गरिने प्रकृति पुजालाई उधौंली भनिन्छ । यसै गरी चैत-बैशाख लागे सँगै बेँसीमा गर्मी बढे सँगैं चराचुरुङ्गी , माछा, अन्य फिरन्ते जीव एवं मानिस समेत गर्मी छल्न उँभो लेक चढ्ने भएकाले पनि यस समयमा गरिने सेवा पुजालाई उँभौली भनिने किम्बदन्ती रहेको छ ।

यसरी वर्षमा दुई पटक गरिने सेवा पुजा विगतमा किराँत सँस्कृती जगेर्ना हेतु लागेका संस्थाका अगुवाईमा पुर्व का विभिन्न जिल्लामा प्रतियोगिता कै रुपमा धुमधाम का साथ मनाउँदै आएका थिए । खास गरेर पुर्व को झापा का विभिन्न स्थान , मोरङ्ग को पथरी ,कानेपोखरी, बेलबारी, धरान, चतरा लगाएतका दर्जनौं स्थानमा पालै पालो धुमधाम का साथ साकेला सिली को प्रतिस्पर्धा हुने गर्थे । तर, यस पटक भने त्यस्ता स्थानहरु मा न त पुजा गर्दा को रौनक नै देखियो, न ढोल झ्याम्टा को आवाज नै सुनिन्थ्यो । न चिटिक्क परेका  किराँत भेष-भुषामा सजिएका किराँती- किराँतीनीहरु नै देखिए, न सुनिए “सोई ढोले सोई, अर्को ढोले खोई” सांगितिक लहर नै ।

त्यसैले भन्न सकिन्छ यसपटक साँच्चैनै किराँतीहरुको साँस्कृति पर्व उभौली कोरोना को कहरमा परेर नियमितता मा मात्र सिमित भएकै हो त ?

खैर जे होस् ,देश लकडाउनमा छ । कोभिड १९ को संक्रमण दिन प्रति दिन बढ्दो छ । यस बाट आफू पनि बँच्नु छ र आाफन्त सहित अरुलाई पनि बचाँउनु छ । यस्तो अवस्था बाट बँच्न आफू र आफन्तलाई घर भित्रै बसेर देशलाई कोरोना मुक्त बनाउन सहयोग पनि गर्नुछ । तसर्थ एउटा सुन्दर नेपाली लोक भाकाले भने झै ” सानो मा सानो कुखुरा को भाले कर्दै ले रेटौंला , नमरी बाँचे दैवैले साँचे अर्को साल भेटौंला ” भएको अवस्था बुझेर चाड वाड त वर्षै पिच्छे आउँछ , तर मनुष्य जीवन फेरि फेरि आउँदैन । त्यसैले चाड मनाउँ , हैन जीवन बचा‌‍औ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ