बान प्रदेश समितिको पदस्थापना

Letang Khabar सोमबार, बैशाख १०, २०७५

विराटनगर / ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) १ नं. प्रदेश समितिको पदस्थापना गरिएको छ । डा. सन्देशदास श्रेष्ठको संयोजकत्वमा निर्वाचित ७ सदस्यीय प्रदेश समितिको पदस्थपना गरिएको हो ।

प्रदेश समितिको संयोजकमा वीएफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठ निर्वाचित भएका थिए । उपसंयोजकमा सप्तरंगी एफएम दमकका गिरीराज भट्टराई, सचिवमा रेडियो हिमशिखर दमकका ध्रुव न्यौपाने, कोषाध्यक्षमा रेडियो नागरिक विराटनगरका अरविन्द मेहता निर्वाचित भए ।

सदस्यहरुमा दन्तकालि एफएमका दुर्गा भुजेल, रेडियो मितेरीका खविन लुईटेल र रेडियो वीएससीका सरोज शर्मा रहेका छन् । वानको राष्ट्रिय तथा प्रदेश समितिहरु गत चैत २४ गते निर्वाचित गरिएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ