किँरात थेवाले मनायो उभौली

Letang Khabar बुधबार, फाल्गुण ०७, २०७६

लेटाङ, ७ फागुन । किँरात थेवा माङ्हिम लेटाङ १ हर्दियाले आफ्नो वार्षिक उत्सव तथा उभौली खिवेक्वा याँक्वा सेवा कार्यक्रम सम्पन्न गरेको छ । बुधवार माङ्हिममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा वडा नं. १ का अध्यक्ष विष्णु कुमार मगरको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
किँरात धर्मको नियमानुसार दिनभर पूजा तथा हवन गरिएको थियो भने अपरान्ह देखि सोही ठाँउमा औपचारिक कार्यक्रम गरिएको थियो । माङहिमको विकासका लागि नगर तथा वडा संग योजना माग गरिएको र चाडैनै सो ठाँउमा विकसित परिसर बनाईने उ क्त माङहिम(मन्दीर)का अध्यक्ष मोहोन लिम्बुले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख राईले यस ठाँउलाई पहिलैदेखि आफुले सहयोग गरेको र आृउने दिनमा समेत यस ठाँउको विकासमा योजना ल्याउने वताउनुभयो । संसारमा मान्छेहरुले भगवान प्रति आफ्नै किसिमले आस्था राख्ने र यस धर्म सस्कृतिको पनि बेग्लै पहिचान भएकाले यस धर्मससस्कृतिको जगेर्नाका लागि आफु उत्तिकै लाग्ने वचन दिनुभयो । यस मन्दीरको विकासका लागि नगरपालिकाले बजेट विनियोजन गर्ने वताउनुभयो ।
वडा अध्यक्ष विष्णु मगरले लेटाङ नगरपालिकाको १ नं. वडा प्राकृतिक र धार्मिक क्षेत्रमा धनि भएपनि केन्द्रस्तरवाटै सहयोगको खाँचो औल्याउनुभयो । प्रयाप्त मात्रामा योजना वडामा आएमा पूर्वाञ्चलमै प्रमुख पर्यटकीय गन्तव्य वनाउन सकिने सम्भावना रहेको उहाँले वताउनुभयो । उक्त मन्दीरलाई वडाको तर्फवाट समेत विकास गर्नका लागि वजेट छुट्याईएको र भावि दिनमा समेत मन्दीरको विकासमा लाग्ने वताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नगरउपसभापति वालकुमार चेम्जोङ, भोगटेनी साकोसकी अध्यक्ष मिना लिम्बु, भोगटेनी माविका प्रअ नेत्र चुडाल ,वडा सचिव धनमान तामाङ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सोही मन्दीरका अध्यक्ष मोहन लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ