लेटाङ १६ कार्तिक । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइदैछ । छट पर्व आयोजक समिति लेटाङको आयोजनामा लेटाङ ३ स्थित चिसाङ खोला किनारामा छट पर्वको ब्रत बस्नका लागि प्रवन्ध गरिएको पूजा समितिका संयोजक पप्पु शाहले जानकारी दिनुभयो ।
आज लेटाङ नगरपालिका प्रमुख शंकर राईको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम समेत गरिएको छ । प्रमुख अतिथि मेयर राईले छट पर्व नेपालीहरुको साँझा चाड भएकाले अहिले नेपालीहरुले उल्लास पुर्वक मनाउन थालेकोमा खुसि लागेको वताउनुभयो । सुर्यको पूजा गरेर मनाईने यो पर्व प्रकृति संग जोडिएको भएकाले स्वास्थ्यका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको वताउनुभयो । यस पर्वको अवशरमा सम्पूर्ण नगरवासीलाई उहाँले शुभकामना समेत दिनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि लेटाङ नगरउपप्रमुख कृष्णकुमारी निरौला, अतिथि वडा वडा अध्यक्ष देवराज चाम्लिङ लगायतले छट पर्वको धार्मिक महत्व बारेमा चर्चा गनुभएको थियो ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइन्छ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।