विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै दोस्रो

Letang Khabar सोमबार, आश्विन २७, २०७६

काठमाडौँ, असोज २७ गते । विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस वर्षको वृद्धिदर ८.१ प्रतिशत पुग्ने बैङ्कको प्रक्षेपण छ ।
नेपालपछि छिमेकी मुलुक भारतको वृद्धिदर छ प्रतिशत रहने छ । त्यसपछि माल्दिभ्सको ५.२, भुटानको ५, पाकिस्तानको ३.३, श्रीलङ्काको २.७ र सबैभन्दा कम अफगानिस्तानको २.५ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ ।
नेपालको आर्थिक वृद्धिदर आगामी वर्षमा भने घट्दै जाने प्रक्षेपण पनि विश्व बैङ्कको छ । सन् २०२० मा ६.४ र २०२१ मा सामान्य वृद्धि भई ६.५ पुग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ । यद्यपि आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म औसतमा ६।५ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । सेवा र निर्माण क्षेत्रमा बढेका गतिविधिका कारण चालू वर्षमा नेपालको आथिृक वृद्धिदरलाई निकै सहयोग पुग्ने बैङ्कले जनाएको छ । भ्रमण वर्ष २०२० का तयारी कार्यक्रम, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा ठूला होटलको समेत निर्माण पूरा हुँदा त्यसको प्रत्यक्ष लाभ नेपालको आर्थिक विकासमा देखिने बैङ्कले जनाएको छ । त्यस्तै लगानीमा भएको सुधार र सार्वजनिक खपतको वृद्धि समग्र अर्थतन्त्रलाई अगाडि बढाउन मुख्य सावित हुने प्रतिवेदनमा उल्लेख छ ।
नेपालको अर्थतन्त्रमा यस वर्ष व्यापक सुधारको प्रक्षेपण गरिए पनि दक्षिण एसियाली अर्थतन्त्रको वृद्धिदर भने बिस्तारै घट्दै जाने बैङ्कको विश्लेषण छ । दक्षिण एसियाको औसत वृद्धिदर ५।९ प्रतिशतमा झर्ने गत अप्रिलमा प्रक्षेपण गरिएको भन्दा १।१ प्रतिशतले कम हुने बैङ्कले जनाएको छ । घट्दो आयात र औद्योगिक उत्पादन तथा वित्तीय बजारमा सिर्जना भएको तनावले यस क्षेत्रको वृद्धिदर खुम्चिन सक्ने बैङ्कका दक्षिण एसियाली उपाध्यक्ष हार्टविग स्क्याफरको भनाइ छ । विश्वव्यापी तथा आन्तरिक अनिश्चितताका कारण यस क्षेत्रको आर्थिक विकासमा प्रभाव पर्ने भएकोले निजी खपत र लगानी बढाउने किसिमका आर्थिक नीतिमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।

source: गोरखापत्र

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ