उद्यमी वन्ने तालिमको समापन

Letang Khabar बिहिबार, जेठ २३, २०७६

लेटाङ २४ जेष्ठ । लेटाङ नगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ लेटाङको सहआयोजनामा भईरहेको १५ दिने व्यवसायिक बाख्रा पालन, ब्यवसायिक कृषि खेति तथा मिल मेशेनरी मर्मत तालिमको एकैपटक समापन भएको छ ।

जनसेवा सामुदायिक बनको सभाहलमा भएको समापन कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो ।
कार्यक्रममा वोल्दै नगरप्रमुख राईले कृषी , पशु , उद्यम, पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्न आफु सदैव तत्पर रहेकाले किसान मुखि कार्यक्रम ल्याउन यस कार्यक्रमले सहज भएको प्रमुख अतिथि नगर प्रमुख शंकर राईले वताउनुभयो । उहाँले किसानहरुले उत्पादन गरेका वस्तुहरु वजारिकरणको समस्या भएमा नगरपालिकालाई जानकारी दिए तत्कालसहजजिकरण गरिदिने समेत वताउनुभयो । व्यवसायिक र उद्यमी वन्नका लागि यो तालिम कोशेढुंगा सावित हुने वताउदै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिकाका ९ वटै वार्ड वाट छनौट भएर आएका ७५ जना व्यवसायिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष सन्तोष कार्की , लेटाङ ८ का वडा सदस्य नविन लिम्बु , तालिमका प्रशिक्षकहरु , पत्रकार लगायतको समेत उपस्थिति थियो ।

सहआयोजक संस्थाका सहसचिव मनिस मगरले सञ्चालन गर्नुभएको कार्यक्रम घरेलु तथा साना उद्योग महासंघ लेटाङका अध्यक्ष उत्तम शेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ