प्रशान्त निरौला
लेटाङ ११ बैशाख २०७६ । लेटाङ नगरपालिका भरीका कक्षा ८ को परीक्षामा डि प्लस ल्याउन नसकेका विद्यार्थीहरुको ग्रेड बृद्धिको परिक्षा आज बाट सुरु भएको छ ।
लेटाङ नगरपालिका भरीका जम्मा १८६ जना विद्यार्थीहरुले ग्रेड बृद्धिको परीक्षा दिईरहेको लेटाङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा ब्यवस्थापन सहायक कृष्ण घिमिरेले लेटाङ खबरलाई जानकारी दिनुभयो ।
घिमिरेका अनुसार लेटाङ नगरपालिकाभरीका २५ वटा विद्यालय मध्ये १३ बटा विद्यालयका विद्यार्थीले ग्रेटबृद्धि परिक्षा दिईरहेका छन् । गणित विषयमा सवै भन्दा धेरै विद्यार्थीहरुले डि प्लस ल्याउन नसकेको शाखाको तथ्याङक छ । परीक्षा १५ गते सकिनेछ ।