आकाशमा गड्याङगुडुङ सुनेपछि यसो गर्नुहोस्

Letang Khabar मंगलबार, चैत्र २६, २०७५

काठमाण्डौ  चैत २४, २०७५ आइतबार। चट्याङले हरेक वर्ष ८२ जनाको ज्यान जाने गरेको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ ।

चट्याङले मानवीय मात्रै नभई भौतिक क्षति पनि उत्तिकै गर्ने गर्छ । चट्याङबाट हुने मानवीय क्षति कम गर्न घर बाहिर र घर भित्र हुँदा विशेष सावधानी अपनाउनुपर्ने केन्द्रले जनाएको छ ।

घर बाहिर पौडिने, माछा मार्ने, र्‍याफ्टिङ नगर्ने, खुल्ला मैदान र भिडभाडमा नबस्ने, फुटबल क्रिकेट, गल्फ जस्ता खेलहरु तुरुन्त बन्द गरे क्षति कम गर्न सकिने केन्द्रको भनाई छ ।

यस्तै घरभित्र हुँदा पनि तारसहितको टेलिफोटन प्रयोग नगर्ने, यदि अत्यावश्यक अवस्थामा प्रयोग गर्नै पर्ने भए मोबाइल वा कर्डलेस फोन मात्र प्रयोग गर्न केन्द्रको सुझाव छ ।

केन्द्रका अनुसार टिभी, कम्युटर, फ्रिज जस्ता विद्युतीय सामाग्रीहरु प्रयोग बन्द गरेर त्यस्ता सामाग्रीलाई प्लगबाट छुटाएर राखे चट्याङबाट हुने क्षति कम हुन्छ । धारामा नुहाउने, लुगा धुने, भाँडा माझ्ने काम नगर्ने यदि नुहानै परे बाल्टिनको पानीले नुहाउने वा धुने काम गर्न पनि उसले सुझाव दिएको छ ।

यसैगरी घर बाहिर रहेको अवस्थामा जङ्गलमा हुँदा स–साना रुखका बीचमा बस्न, पक्की घर वा गाडी नजिक भए झ्याल ढोका बन्द गरेर घर वा गाडीभित्र बस्न, नजिकै हाई भोल्टेजको तार भएमा तारको मुनी नभई दुई खम्बाको बीचमा ओत लागेर बस्न, केही गरी खुल्ला मैदानमा भएका बेला चट्याङ पर्न थाले दुई घुँडाको बीचमा टाउको लुकाएर टुक्रुक्क बस्न पनि केन्द्रले सबैसँग आग्रह गरेको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ