विराटनगर २ असार । नेपालको पूर्वी भूभागबाट मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव स्वरुप आज प्रदेश नं.१ का विभिन्न स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित भारी बर्षा भईरहेको छ ।
जल तथा मौसम पुर्वानुमान महाशाखाले सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदलीको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुने सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम किसिमको बर्षाको सम्भावना रहेको महाशाखाको पुर्वानुमान छ ।
महाशाखाका अनुसार रातीको समयमा भने सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका का धेरै स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा हुने तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम किसिमको बर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानहरुमा भने भारी बर्षाको सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ ।