मोरङको भाउन्नेमा मूर्तिको बगैँचा बन्दै

Letang Khabar मंगलबार, फाल्गुण ०७, २०७५

विनोद भण्डारीे
विराटनगर फाल्गुन ७, २०७५ । मोरङको बेलवारी नगरपालिका–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा ठुला ठुला ढुङ्गा छरपस्ट राखिएका छन् । ती ढुंगामा तीन दिनदेखि जापानका नोरिओ ताकाओका, इटालीका माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास सहित ३० जना मूर्तिकारले धमाधम बेग्लाबेग्लै ढुंगामा अलग–अलग आकृतिका मूर्ति खोप्दैछन् ।

चारकोसे जंगलको त्यस क्षेत्रमा उनीहरू १८ दिन बिताउने छन् । त्यस अवधिमा उनीहरूले करिब सयवटा ठुला ढुंगामा फरक फरक मौलिक सृजनात्मक मूर्ति खोप्ने छन् । काम फत्ते गरेर उनीहरू त्यहाँबाट निस्कदा सृजना सामुदायिक वनको उक्त क्षेत्रको नाम मूर्तिको बगैंचामा परिणत हुने छ ।

वनले करिब १ करोड ८४ लाखको लागतमा पर्यटकलाई आकर्षित गर्ने हेतुले पार्क निर्माण अभियान सुरु गरेको हो । त्यस अभियानलाई सघाउन विदेशी पाँच मुलुकका ५ र स्वदेशी २५ मूर्तिकार स्वर्त स्फूर्त खटेका हुन् । त्यस बापत उनीहरूलाई पार्क व्यवस्थापन समितिले केही नगदसहित सम्मान गर्ने तयारी गरेको छ ।

मूर्तिका संयोजक धनु याखाले यहाँ बन्ने मूर्ति सृजनात्मक र मूर्तिकारको स्वइच्छाले मूर्ति बनाउने जानकारी दिने । केही मूर्ति धिमाल र राजवंशीको संस्कृति झल्कने खालका हुने उनले बताए । बाँकी मूर्तिको बारेमा मूर्तिकारलाई मात्र थाहा हुने उनले बताए ।

source : kantipur daily

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ