आर्थिक नभएर उपचार गर्न नसकि किरा परेका बिरामीलाई निशुल्क उपचार डिगबहादुरको पहलमा डा. सुनिलको साथ (भिडियो सहित)

Letang Khabar आइतबार, पौष २९, २०७५

विराटनगर २८ पूष । उपचार गर्ने पैसा नभएर चार वर्ष देखि घरैमा किरा परेर वसेका मोरङको मिक्लाजुङ गाँउपालिकाका बलबहादुर राईलाई अब उपचार पाएर निको हुन्छु होला भन्ने आशै थिएन । उपचार गर्ने खर्च नभएर जीवन मरणको दोसाँधमा तड्पीरहेका राईलाई निशुल्क उपचार गराँउन लैजान्छौ भन्दै नेपाली कांग्रेस मोरङका सभापति तथा संविधान सभा सदस्य डिगवहादुर लिम्बु एम्बुलेन्स लिएर उनको घरैमा पूग्दा उनि अचम्ममा परे ।
सभापति लिम्बु र नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माको सहकार्यमा मिक्लाजुङ गाँउपालिका वडा नं. १ कटहरेका ४० वर्षिय राईलाई उद्धार गरिएको हो । आर्थिक अभावका कारण उपचार गर्न नसकि भाचिएको खुट्टामा किरा परि तड्पिरहेको थाहा पाएर उनलाई निशुल्क उपचाको व्यवस्था मिलाईएको नेपाली कांग्रेसका सभापति डिगवहादुर लिम्बुले वताउनुभयो ।

२०७२ सालमा मौरीको घार वनाउन रुख काट्ने रुख लडेर किच्दा राईको खुट्टा छियाछिया भएको थियो । अत्यन्तै कमजोर आर्थिक अवस्थाका राईको परिवाराले उनको उपचारका लागि जायजेथाले भ्याए सम्म खर्च गरे । भएको सम्पति पनि उपचार गर्दागर्दै सकियो । तरपनि उनको खुट्टा निको नभएपछि उनिहरुको उपाय लागेन । थप उपचार गर्ने आर्थिक नभएपछि घरमै थलिएर वस्नुपर्ने वाध्यता आई लाग्यो ।
उचित उपचार नपाएर भचिएको खुट्टामा किरा पर्न थाल्यो ।

“दाजु पीडाले तड्पिरहदा समेत उपचार गर्न सकिएन ” विष्णुकुमारले दुखेसो पोख्दै भने “भएको जेथोले उपचार गर्दा पनि उपचार सम्भव नभएपछि हाम्रो केही लागेन । ”
विरामी राईको उद्धारका निम्ति कांग्रेस सभापति लिम्बु , महासमिति सदस्य वशन्त भट्टराई , क्षेत्रिय सभापति खड्ग फागो , नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मा लगायतका कांग्रेस नेताहरु घरमै पूगेका थिए ।
मोरङ जिल्लामा पर्ने उक्त ठाँउ विराटनगर देखि भन्डै ९० किलोमिटर पूर्वउत्तर भागमा पर्दछ । जिल्लाको विकट ठाँउमा विरामी उद्धारका लागि नेताहरु एम्बुलेन्स लिएर पूग्दा स्थानिय वासी समेत चकित वनेका छन् । नोवेल अस्पतामा उपचारका लागि ल्याईएका राईको अपरेशन भईसकेको अस्पताल श्रोतले जानकारी दिएको छ । उपचारको अभावमा खुट्टामा किरा परेर मृत्यु पर्खेर वसिरहेको राईको भगवान वनेर नेपाली कांग्रेसका सभापति लिम्बु र अस्पताल सञ्चालक शर्माले निशुल्क उपचारको व्यवस्था गरिदिएपछि बिरामी , बिरामीका आफन्त तथा गाँउलेहरु दंग परेका छन् । उपचार होला भन्ने सोचेकै थिईन् बलबहादुरकी श्रीमतीले खुसि हुदै भनिन “यसरी सित्तैमा उपचार पाउदा सपना जस्तो लागिरहेको छ । ”
विरामी वलवहादुरको नोवेल शिक्षण अस्पतालमा सम्पूर्ण उपचार खर्च सहित कुरुवालाई समेत खानाको व्यवस्था गर्ने अस्पतालका सञ्चालक शर्माले जानकारी दिनुभयो । सञ्चालक शर्माले सयौ विरामीको निशुल्क उपचार गरेर प्रसंसाका पात्र वनिरहेका छन् ।

 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ