पुन्य सापकोटा
लेटाङ २७ पूष । नेपालको पुर्बी क्षेत्रमा पर्ने महेन्द्र राजमार्गदेखी करिव ९ कि.मि. उत्तरमा अवस्थित लेटाङ नगरपालिकाको वाडा नं ९ साबिक जाँते गाबिसमा रहेको यो वाडा पहिले गाबिस हुदापनि वार्ड नं ९ नै रहेको हाल नगरपालिका हुंदापनि ९ नम्बरमा नै पर्न गएको भौगोलिक बनावोटले समथर र बाताबरणिय हिसाबले एकदमै राम्रो मानिने यो वडा कुलो पैनीको पानीले खेतीयोग्य छ ।
यहाँका स्थानीयहरुको मुख्य आयश्रोत भनेको खेती र सब्जी हो । सबै कुराले भरिपुर्ण भए ता पनि यहाँका मानिसहरुको एउटा महत्वपूर्ण समस्या भनेको आर्यघाटको रहेको छ । साविक जाँते गाबिसको १, २, ८ र ९ को आर्यघाट निश्चित ठाउँ नभएकाले लापार्बाही रुपमा जहाँ पानी भेट्यो त्यही आर्यघाट बनाउने चलन छ । त्यो बेलादेखी नै यहाँका मानिसहरु साबिक जाँते गाबिस हुदा १ र २ को आधा जनता माथिल्लो भागका माथी जोगिटार गौडा छेउ लान्थे भने १ र २ तल्लो भाग आधा तेलि तिर त आधा मोरङ्गे तिर लान्छ्न् । उता ९ र ८ का जनता मोरङ्गे खोलाको धापखौडी तिर लान्छ्न् भने साबिक ९ का सोल्टी भनी चिनेने खोला (आजकल मिक्लाजुङ गाउँ पालिकामा पर्छ) मा दाहसंस्कार गर्छन् । हिउँद महिनामा तेलिखोलामा पानी हुदैन भने बर्खा याममा सोल्टी आर्यघाट नै भए ता पनि खोलाबाढीको कारणले आवत(जावतमा यहाँका जनतालाई कठिनाई छ ।
यस्ता समस्या भोग्दै आएका यहाँका जनताहरुको समस्या बुझेर मेयर शंकर राईले वडा नं ८ र ९ को जनताको निम्ती उचित ठाँउ रोजेर आउनुहोस् आर्यघाट बनाउन नगरपालिका जहिलेपनि तयार छ । मेयर शकर राईले नगरपालिकाले सहयोगगर्ने बताउनु भएपछि यहाँका जनता उत्साहित भएर श्री बीरबहादुर लिम्बूको अध्यक्षतामा आर्यघाट निर्माण समिती बनेको छ ।