धरान एफसी प्रथम बुधबारे गोल्ड कपको सेमिफाइनलमा

Letang Khabar शनिबार, पौष २१, २०७५

राजु गौतम

लेटाङ (मोरङ ) २०,पुस  । आयोजक एकता स्पोर्ट्स क्लब, मोरङलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै धरान फुटबल क्लब प्रथम बुधबारे गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय बुधबारे ग्राउन्ड, लेटाङ २ मा सम्पन्न प्रतियोगिताको चौथो खेलमा शुक्रबार निर्धारित समयमा दुवै टिमले गोलको खाता खोल्न नसके पछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा आयोजकका अनुप मगर चुके पछि धरानले ५-४ ले बाजि मारेको हो । खेलको म्यान अफ द म्याच एकताका भूषण लिम्बू घोषित भए ।

धरानले आइतबार हुने दोस्रो सेमिफाइनलमा अर्को सुनसरीको टिम राष्ट्रिय जागृति क्लबको सामना गर्नेछ । त्यस अघि भोलि हुने पहिलो सेमिफाइनलमा मोरङका छिमेकी टिमहरु बेलबारी फुटबल क्लब र डाँगिहाट फुटबल क्लब बीच भिडन्त हुनेछ ।

पुस १९ गते देखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल पुस २४ गते हुनेछ । झापा, मोरङ र सुनसरीका ८ टिमहरु सहभागी प्रतियोगिता विजेताले उपाधि सहित रु १,०१,०००।- र उपविजेताले ट्रफी तथा रु ५१,०००र।- प्राप्त गर्नेछ भने विधागत उत्कृष्टलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ