एन्फाद्वारा नेपाल यु–१९ महिला टोली नगदसहित सम्मानित

Letang Khabar बुधबार, पौष १८, २०७५

काठमान्डौ १८ पूष । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यु-१९ महिला टोलीका सदस्यहरुलाई जनही ५०–५० हजार नगदका साथ सम्मान गरेको छ ।

गत महिना भुटानको राजधानी थिम्पुमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीलाई एन्फाले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शुक्रबार एक कार्यक्रमका बीच नगद सहित सम्मानित गरेको थियो ।

साफ यु–१८ च्याम्पियनसितर्फ नेपाली टोली फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाउन पुगेको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव दिपक बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य अतिथीहरुको उपस्थिति रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ