भलिवलमा कुईकुण्डा विजय

प्रशान्त निरौला आइतबार, पौष १५, २०७५

प्रशान्त निरौला
लेटाङ १५ पूष । खेल खेलौ स्वस्थ्य वनौ भन्ने नारा सहित साविक भोगटेनी गाविस स्तरिय भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रवार लेटाङ नगरपालिका १ अधेरीमा भएको खेलमा कुईकुण्डा भलिवल समुह विजय भएको थियो भने ले मुर्चुगी भलिवल समुहले उपविजेतामा चित्त बुझाएको थियो । साग्मा भलिवल समुह तेस्रो भएको थियो भने खेलमा १३ टिमले सहभागिता जनाएका थिए । प्रथम द्धितिय तथा तृतिय हुनेलाई लेटाङ नगरपालिका प्रमुख शंकर राई तथा वडा अध्यक्ष विष्णुकुमार मगरले पूरस्कार वितरण गर्नुभएको थियो ।
विजेताले प्रथम पूरस्कार १५ हजार मेडल तथा प्रमाणपत्र ,द्धितिय पूरस्कार १० हजार , मेडल तथा प्रमाणपत्र तथा तेस्रो पूरस्कार ५ हजार मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा वोल्दै नगरप्रमुख राईले भलिवल खेलले खेलाडिलाई अनुशाषन र स्वास्थ्य हुन मद्धत गर्ने वताउनुभयो । उहाँले खेल भनेको नगरको गहना भएकाले यसप्रति आफ्नो ठुलो झुकाव रहेको वताउनुभयो । उहाँले उक्त खेलका लागि नगरवाट ३५ हजार आर्थिक सहयोग समेत दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष विष्णुकमार मगरले भलिवल खेलको विकासका लागि लागिरहने वताउनुभयो । वडा वाट उक्त खेलका लागि १५ हजार रुपैया सहयोग गरेको छ ।
कार्यक्रमको आयोजना नपप्रतिभा क्लव लेटाङ १ भोगटेनीले गरेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ