यलम्बरको शालिक अनावरण

Letang Khabar आइतबार, पौष ०८, २०७५

प्रशान्त निरौला
लेटाङ ८ पूष । उध्यौली पर्वको अवशर पारि किराँत राई आयोक्खा , नगर कार्यसमिति लेटाङले आफ्नै साकेलाथान लेटाङ ४ मिलनचौक प्राङगणमा निर्माण गरेको किराँत प्रथम राजा यलम्बरको सालिक अनावरण गरिएको छ ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले शनिवार शालिकको अनावरण गर्नुभएको हो । पूननिर्माण शाकेलाथान उद्घाटन तथा यलम्बरहाङको शालिक अनावरण कार्यक्रमका प्रमुख अतिथी रहनुभएका नगरप्रमुख राईले एतिहासिक व्यक्तिहरुको सम्झनामा निर्माण गरिने यस्ता कार्यले समाजमा सकारात्मक सन्देश जाने वताउनुभयो । भाषा , धर्म , सस्कृति र ईतिहासको सम्वर्धनका लागि सवैले आफ्नो ठाँउमा वाट काम गर्न जरुरी रहेको वताउदै नगरप्रमुख राईले नगरपालिका यस्ता एतिहासिक सामाजिक सम्पतिको सम्वर्धनमा लागिरहेको वताउनुभयो ।
उहाँले लेटाङलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लान जरुरी रहेको र यस्ता सास्कृतिक स्थलहरुलाई विकास गर्न आवश्यक रहेको पनि वताउनुभयो । सुखी लेटाङवासी समृद्ध लेटाङ वनाउनका लागि नगरपालिकाले धार्मिक पर्यटनलाई समेत जोड दिएको उहाँले वताउनुभयो । एकिकृत शहरी विकास परियोजना अन्तर्गत लेटाङ नगरपालिकामा काम भईरहेको र लेटाङको राजारानीलाई पर्यटकिय स्थल तथा केबुलकारको समेत निर्माणका लागि काम अगाडी वढीरहेको उहाँले वताउनुभयो । लेटाङ देखी धनकुटाको वुधवारे सम्मको सडकको स्तरउन्नती तथा कालोपत्रेको लागि डिपीआर तयार पार्ने काम सकिन लागेको वताउदै यहि वर्षदेखि उत्त सडक निर्माण हुने वताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष भक्तराज राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ