प्रधानमन्त्रीलाई अभिनन्दन गरिने

Letang Khabar बिहिबार, पौष ०५, २०७५

इलाम, ५ पुस । यही पुस २० गते यहाँ आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दनसहित सम्मान गरिने भएको छ ।

राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाले अभिनन्द गर्ने भएको हो । इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरुप अभिनन्दन गरिने नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, इलामबाट प्रतिनिधित्व गरेका सांसद तथा उद्योगीकोसमेत उपस्थिति रहने जनाइएको छ ।

लगानी सम्मेलन हुँदै

बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले सम्मेलन गर्ने भएको छ । जिल्लामा लगानीका सम्भावना भए पनि परिचालन नहुँदा लगानीयोग्य क्षेत्र खेर गइरहेको भन्दै नगरले पाँच वटा शीर्षकमा लगानी गर्न आह्वान गर्दै लगानी सम्मेलन गर्ने भएको हो । सम्मेलनमा कृषि, दूध, जडीबुटी, पर्यटन र चिया क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरिने नगर प्रमुख महेश बस्नेतले जानकारी दिनुभयो । सम्मेलनमा देशका १०० भन्दाबढी लगानीकर्ता भित्र्याइने बताइएको छ ।

सो अवसरमा आन्तरिक स्रोतको प्रचारप्रसार र प्रवद्र्धन गर्नका लागि लगानीकर्तालाई लगानीयोग्य क्षेत्रका बारेमा जानकारी गराइनेछ । विशेष गरी इलाममा जन्मेर इलाम बाहिर रहेका लगानीकर्तालाई आह्वान गरिने जनाइएको छ ।

चियाबारीमा रङ्गशाला बनाइने

इलाम सदरमुकामस्थित चियाबारी क्षेत्रमा रङ्गशाला निर्माणका लागि उक्त नगरपालिकाले प्रक्रिया शुरू गरेको छ । सदरमुकाममा रङ्गशाला रहे पनि आर्मीको स्वामित्वमा रहेकाले सर्वसाधारणका लागि अर्को रङ्गशाला निर्माण गर्न लागिएको हो ।

इलाम नगरपालिका वडा नं ७ अन्तर्गत सेतीदेवी जाने बाटोदेखि पश्चिम, गोरेटोबाटो उत्तर र नगरपालिका कार्यालय भवनभन्दा माथि चौतारादेखि पूर्वक्षेत्रभित्रकोे सरकारी जग्गामा इलाम चिया बगान रहेको जग्गामा व्यवस्थित रङ्गशाला बनाउनका लागिएको जनाइएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ