‘स्मार्ट सिटी’बारे जानकारी दिँदै नाष्ट

Letang Khabar बिहिबार, पुष ०५, २०७५

 

गोदावरी, ५ पुस । अर्थ अभावका कारण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट० ले स्थानीय तहमा ‘स्मार्ट सिटी’को अवधारणाबारे जानकारी दिन थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा बजेट कम भएको जनाएका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसकिने भएकाले प्रदेश तहमा गएर कार्यक्रम गर्न लागिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले दिनुभयो । “सबै स्थानीय तहमा गई त्यहाँका पदाधिकारीलाई ‘स्मार्ट सिटी’ बारे जानकारी दिन चाहेका थियौँ तर रकम अभावका कारण जान सकिएन”, ढकालले भन्नुभयो, “यदि कुनै स्थानीय तहका पदाधिकारीले हामीलाई बोलाए हामी जान तयार छौँ ।”

एक वर्ष पहिले गण्डकी प्रदेशमा यस्तो कार्यक्रम गरिएकामा दोस्रो चरणमा यही पुस ७ गते प्रदेश नं। १को झापामा यसलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । दक्षिण कोरियाबाट आउनुभएका प्राविधिक नाइपा एडमाइजरले नाष्टसँगको सहयोगमा अमेरिकालगायत अन्य विकसित शहरमा कसरी ‘स्र्माट सिटी’ निर्माण भएको छ भन्ने जानकारी गराउँदै आउनुभएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ