शिवशक्तीमा लोकतान्त्रिक प्यानल विजयी

Letang Khabar शनिबार, मंसिर २९, २०७५

लेटाङ २९ मंसिर । शिबशक्ति सामुदायिक वन उपभोक्ता समुह लेटाङ ८ मोरङको आठौ अधिवेशन वाट लोकतान्त्रिक समुहको प्यानल नै विजय भएको छ । आज सोही सामुदायिक वनको प्राङगणमा भएको मतदानमा खसेको जम्मा मत मध्ये अध्यक्ष पदका उमेद्धवार धनवहादुर लिम्बुले १६९ मत ल्याई विजय हुनुभएको हो । अन्य पदाधिकारीहरुमा क्रमश उपाध्यक्षमा रुपनारायण लिम्बु १६४ , सचिव गीता लामिछाने १६५ , सहसचिव डम्बरकुमारी खड्का १६९ र कोषाध्यक्ष खिवलाल अधिकारीले १६७ मत ल्याई विजय हुनुभएको हो ।
अघिल्लो हप्ता सो वनले १९ औ वार्षिक साधारण सभा गरेर ८ औ अधिवेशनको घोषणा गरेको थियो । वन्दसत्र प्रारम्भ गरेपछि अध्यक्षले आफ्नो कार्यकाल सकिएको घोषणा गर्नुभएको थियो । सोही सभाले वनाएको निर्वाचन मन्डलीले आफ्नो कार्यभार सम्हाल्दै सहमति सहितको नयाँ नेतृत्व माग गरेपनि २ प्यानलको नामावली निर्वाचन समितिमा दर्ता भएपछि सहमति खोज्ने प्रयास समेत गरिएको थियो ।दुवै पक्ष सहमतिमा आउन नसकेपछि समितिले निर्वाचन घोषणा गरेको थियो भने लोकतान्त्रिक र वाम पक्ष विच निर्वाचन भएको थियो । निर्वाचनमा वहुमत सहित लोकतान्त्रिक प्यानल विजय भएको हो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ