धरान खानेपानी आयोजनामा लापारवाही

Letang Khabar मंगलबार, बैशाख ०४, २०७५

इटहरी, ४ वैशाख ।धरानवासीका लागि उच्च प्राथमिकतासहित महत्व दिएर निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको गुनासो बढेको छ ।
धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ गोलेका अुनसार आयोजना प्रमुख राजु पोखरेल र परामर्शदाता अनिल नेपालको चरम लापरवाहीका कारण नौ महिना अघि सम्पन्न भइसक्नुपर्ने सो आयोजना म्याद गुज्रिसक्दा पनि पुरा गरिएको छैन ।

स्थानीय तहको निर्वाचनअघिसम्म सन्तोषजनक ढंगले निर्माण कार्य भइरहे पनि जनप्रतिनिधि निर्वाचित भई आएपछि आयोजनाका पदाधिकारीले अनुगमन समितिलाई नै बेवास्ता गरेको उहाँको आरोप थियो ।

जनप्रतिनिधिले कार्यभार सम्हालेलगत्तै बैठक बोलाउन आग्रह गरे पनि आनाकानी गरी धेरै पछि अनुगमन समितिका सल्लाहकारलाई मात्र बोलाएर न्यून उपस्थिति भयो भन्दै बैठक स्थगित गरेको र त्यसपछि कुनै पहल नगरेको समेत संयोजक गोलेले गुनासो गर्नुभयो ।

एकीकृत शहरी विकास कार्यक्रमअन्तर्गत एशियाली विकास बैंकको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशत गरी कूल रु एक करोड ४८ लाख लगानीमा निर्माणाधीन धरान खानेपानी आयोजनाको निर्माण कार्य २०७२ साउनदेखि शुरु भई २०७४ साउनमा सम्पन्न गर्ने गरी ठेकेदार टियानजिन तुन्दी जोइन्ट भेन्चरलाई ठेक्का दिइएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ