भलिवलमा लेटाङ विजयी

Letang Khabar सोमबार, मंसिर १०, २०७५

लेटाङ १० मंसिर । मोरङको लेटाङ नगरपालिकाको वडा नं. ७ मा रहेको वारंगी खेलकुद युवा क्लवले बराह मेलाको अवसर पारी खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगितामा समापन गरेको छ । खेलमा महिला तर्फ आयोजक वारंगी महिला भलिवल क्लवले सिहंदेवी महिला भलिवल क्लवलाई २५-२०, २५- ११ र २५-९ को सोझो सेट पराजित गरेको थियो । त्यस्तै पुरुष तर्फ पनि आयोजक वारंगी भलिवल क्लवले २५र१८, २६र२४, २५र१७ को सोझो सेटमा डाडा गाउँ भलिवल क्लव धनकुटालाई पराजित गर्यो ।

जित संगै विजयी पुरुष टोलिले नगद ३० हजार, महिला टोलिले नगद ८ हजार प्राप्त गरे भने दोस्रो हुने पुरुष टिमले १७ हजार र महिला टिमले ४ हजार प्राप्त गरे । विजेता तथा उप विजेता टोलिलाई कार्यक्रमको प्रमुख अतिथी लेटाङ नगरपालिकाका मेयर शंकर राई र वडाध्यक्ष नगेन्द्र लिम्बुले पुरस्कार बितरण गर्नुभएको थियो । मंसिर ७ गते बाट सुरु भएको भलिवल प्रतियोगितामा पूर्वाञ्चल भरीका पुरुष तर्फ १६ र महिला तर्फ ८ टिमको सहभागी रहेका थिए । खेल श्री महेन्द्र माविको खेल मैदानमा सम्पन्न भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ