शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुको धर्ना

Letang Khabar शुक्रबार, कार्तिक ३०, २०७५

विराटनगर । पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुले विराटनगरमा रहेको शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।
शुक्रबार नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको अगुवाईमा शिक्षकहरुले बिहान १० देखि दिउँसो २ बजेसम्म विरोध स्वरुप धर्ना दिएका हुन् । धर्नाका क्रममा जिल्लातहको १७ वटा तहका स्थायी, अस्थायी, र राहत शिक्षकसहित विद्यालय कर्मचारीहरु सहभागी भएको नेपाल शिक्षक महासंघ मोरङका सहसचिव अरबिन्द यादवले जानकारी दिए ।
महासंघद्वारा घोषित तेस्रो चरणको आन्दोलनका कार्यक्रमअनुसार देशभरिका समन्वय इकाईहरुमा विरोधका कार्यक्रमहरु गरिएको यादवले बताए। उनले भने, ‘महासंघले उठाएको पेशागत हकहित र शैक्षिक सुधारका २६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने छ।’
सो क्रममा शिक्षकहरुले समन्वय इकाईमा व्यङ्ग्यात्मक नाँचगान गरेका थिए। महासंघले गुणस्तरीय शिक्षाका लागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिवद्धता अनुसार शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत र कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशत विनियोजन गर्न माग गरेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ