जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

Letang Khabar मंगलबार, आश्विन २३, २०७५

सुनसरी, आश्विन २३ गते । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १३ स्थित खनार बस्ने १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार १ जना पक्राउ परेका छन् ।

करणीको आरोपमा दुहबी नगरपालिका ८ छिटाहा बस्ने बर्ष ३० को प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

चौधरीले बालिकालाई ललाई फकाई गरी इटहरी ९ स्थित गोधुली होलटमा लगेर धाक धम्की देखाई करणी गरेको भनी पिडितले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका चौधरीलाई इप्रका दुहबीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ